ओपोले चाँडै नै आफ्नो स्मार्ट टिभी लन्च गर्दै, नोकिया र वानप्लसका स्मार्ट टिभीसँग टक्कर हुने

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

ओपोले चाँडै नै आफ्नो स्मार्ट टिभी लन्च गर्दै, नोकिया र वानप्लसका स्मार्ट टिभीसँग टक्कर हुने
Classic Tech

ओपो विश्वभर स्मार्टफोन ब्रान्डको रुपमा परिचित रहेको छ । गएको केहि महिनामा कम्पनीले आफ्नो पोर्टफोलियोलाई पनि विस्तार गरेको छ । हालैमा कम्पनीले आफ्नो स्मार्टवाचलाई लन्च गरेको थियो ।

यस बाहेक ओपोले इन्को फ्रि टिडब्लुएस ईयरबड्स पनि लन्च गरेको छ । र हाल कम्पनी स्मार्ट टिभी बजारमा उतार्ने तयारीमा जुटेको छ । कम्पनीले चाँडै नै आफ्नो स्मार्टटीभी ओपो टिभी लाइनअप सार्वजनिक गर्न सक्ने छ । यद्पी यसको सार्वजनिक हुने मिती भने तय भएको छैन ।

ओपोका भीपी र इर्मजीङ्ग मोबाइल टर्मिनल बिजनेशका अध्यक्ष लिउ वो ले कम्पनीले यस वर्षको दोस्रो अर्धवार्षिकमा आफ्नो टिभी लाइनअप लन्च गर्ने कुराको पुष्टि गरेका छन् । उनले कम्पनीको आईओटीको लागी भिजन चार मुख्य बिन्दु पर्सनल, फ्यामिली, ट्राभल र अफिसमा फोकस रहेको बताएका छन । उनले ओपोले आफ्नो ब्रान्ड र कनेक्टेड डिभाइसको लागी उत्कृष्ट र दमदार प्रोडक्ट लन्च गर्न चाहेको पनि जनाएका छन् ।

हाल यसबाहेक यस सम्वन्धमा अन्य कुनै जानकारी सार्वजनिक भएको छैन । आउँदा दिनमा कम्पनीले यसका बारेमा जानकारीहरु सार्वजनिक गर्न सक्ने छ । आफ्नो स्मार्ट टिभीलाई लन्च गरेर कम्पनीले शाओमी, हुवावे, अनर, वनप्लस, मोटोरोला र नोकियाको स्मार्ट टिभी मार्केटलाई चुनौती दिनेछ ।

त्यस्तै ओपोको सब ब्रान्ड रियलमी पनि आफ्नो स्मार्ट टिभी सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

रियलमीले आफ्नो टिभी लाइनअपको घोषणा मोबाइल वल्ड कंग्रेश २०२० मा गर्ने प्लान गरेपनि कोरोनाभाइरसको कारण सो इभेन्ट क्यान्सिल भएको थियो । जसपश्चात कम्पनी २०२०को दोस्रो त्रैमाशिक सम्ममा आफ्नो स्मार्ट टिभी सीरीज लन्च गर्ने योजनामा रहेको छ । यस कुराको पुष्टि रियलमी इन्डियाका प्रमुख माधव सेठले एक अन्तवार्ताका क्रममा गरेका हुन् । एजेन्सी

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

Loading...