घरैमा बन्द रहेका बच्चाहरुले लगाए यस्तो दिमाग, होमवर्क गराउने एपलाई दिए रेटिङ्गमा १ स्टार

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

घरैमा बन्द रहेका बच्चाहरुले लगाए यस्तो दिमाग, होमवर्क गराउने एपलाई दिए रेटिङ्गमा १ स्टार

काठमाडौं ।

चीनको वुहानमा हाल कोरोनाभाइरसको कारणले स्कुलहरु बन्द गरिएको छ । यसैबिच घरैमा रहने बच्चाहरुको पढाईमा असर नपुगोस भनेर उनिहरुलाई हाल मोबाइल एपको माध्यमबाट पढाउने गरिएको छ । अलीबाबाले बनाएको एउटा एपमा हाल एक समस्या देखिएको छ ।

यस एपको १ स्टार रेटिंग मात्रै रहेको छ । वास्तवमा यस्तो काम वुहानका बच्चाहरुले गरेका हुन् । उनिहरुले आफुहरुको पढाईलाई हटाउन यस्तो कार्य गरेका हुन् । लन्डन रिभ्यु अफ बुक्सको एक रिर्पोटअनुसार चीनका बच्चाहरुले डिङ्गटक एपलाई त्यस्तो रिभ्यु दिएका हुन।

रिर्पोटमा बच्चाहरुलाई रेटिङ्ग गर्दा धेरैमा एक स्टार मात्र रहेमा उक्त एपलाई प्ले स्टोरबाट हटाईने जानकारी रहेको थियो । जसपश्चात बच्चाहरुले दशौँ हजार रिभ्यु गरेर रातारात यस एपको रेटिङ्ग ४.९ बाट १.४ मा ल्याउन सफल भए ।

एपले सोशल मिडियामा निवेदन गर्दै आफु मात्रै ५ वर्षको रहेको र आफुलाई नहटाउन आग्रह गरेको छ । यतिमात्रै नभई डिङ्गटकले चाईनिज स्ट्रिमिङ्ग बिलीबिलीमा माफी पनि मागेको छ । जसमा यस एपले बच्चाहरुलाई राम्रो रेटिंंगको लागी आग्रह गरेको छ।

एपले आफुहरुलाई बिद्यार्थीहरुले छुट्टिको समयमा पढाईको आशा नगर्ने थाहा भएको जनाएको छ । तरपनि एपले आफुलाई १ स्टार रेटिंग नदिन आग्रह गरेको छ । एपले आफुलाई पढाउनको लागी भनेरै तयारी गरिएकाले यसमा आफुले केहि गर्न नसक्ने बताएको छ । एपको सो बारेको भिडियोलाई हालसम्म चीनमा १ करोड ७० लाख पटक हेरि सकेको छ ।

डिङ्गटकको भिडियोमा एक विद्यार्थीले चुट्की बजाउँदै आफुले एपलाई पाँच स्टार दिने तर पाँच पटकमा भनेका छन् । यद्पी यस भिडियो पश्चात एपमा कयौंले पाँच स्टार रेटिंग दिएका छन् । एजेन्सी

easy care

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार