होली खेल्दा तपाईँको मोबाइल पानीमा भिजेमा यसो गर्नुहोस्, हुनेछैन कुनै नोक्सानी

Technology Khabar २६ फाल्गुन २०७६, सोमबार

होली खेल्दा तपाईँको मोबाइल पानीमा भिजेमा यसो गर्नुहोस्, हुनेछैन कुनै नोक्सानी

काठमाडौं ।

काठमाडौं । यसवर्षको होली फागुन २६ र २७ गते मनाईँदैछ । रंगको पर्व होलीको दिन मानिसहरु ( बिशेष हिन्दु धर्मावलम्बिहरु) एकअर्कामा रंग तथा पानी छ्यापेर यस पर्व मनाउने गर्दछन । यस्तोमा होली मनाईरहेकाहरुले पानीसँग खेल्दा आफ्ना केहि महत्वपुर्ण सामानहरु भिज्नबाट जोगाउनु पर्ने कुरा ध्यानमा राख्नुपर्ने हुन्छ । जसमा मोबाइल लगाएतका अन्य समानहरु हुन सक्दछन ।

यस्तो बेलामा यदि मोबाइल भिजिहालेमा के गर्ने ? यसको लागी तल केहि जानकारीहरु दिइएको छ जसमा पानीले मोबाइल भिज्दा तत्काल के गर्नुपर्दछ र के गर्नुहुन्न भन्ने जानकारीहरु रहेका छन ।

फोनलाई धेरै नचलाउनुस्

यदि होली खेल्दै गर्दा वा अन्य बेलामा पनि कसैगरि मोबाइल पानीमा खसेमा सबैभन्दा पहिले यसलाई सुख्खा ठाँउमा राख्नुपर्ने हुन्छ । यसबेला फोनलाई धेरै चलाउनु वा हल्लाउनु हुदैन र फोनलाई तत्कालै कुनै सुख्खा कपडाले पुछ्नु पर्दछ ।

कुनैपनि बटनहरु नचलाउनुस्

फोन पानीमा खशिसकेपछि फोनलाई चेक गर्नको लागी कुनैपनि बटनहरुलाई थिच्ने वा टच गर्ने काम भुलेर पनि नगरौ, यस्तो गर्दा फोनको फंङ्गशन अन हुन जान्छ जसले डिभाइस बोर्ड क्रयास हुने सम्भावनालाई बढाईदिन्छ ।

ब्याट्री र कभरलाई निकाल्नुस्

फोन पानीमा भिजिसकेपछि तत्कालै फोनको ब्याट्री र कभरलाई निकाल्नु पर्दछ । ब्याट्री ननिकाली फोन अन भएमा डिभाइसमा शर्ट सर्किट हुने खतरा बढ्दछ । फोनको ब्याट्री सँगै सिम तथा एसडि कार्डलाई पनि निकाल्नु पर्दछ । यस्तो कार्य गर्दा यूजरले फोनलाई धेरै हल्लाउनु हुन्न भन्ने कुरालाई स्मरण गर्न पनि आवश्यक रहन्छ ।

सुख्खा कपडा वा तौलिया ले पुछ्नुस्

पानीमा भिजेपछि मोबाइल फोनलाई तत्कालै कुनै सुख्खा कपडा वा तौलिया ले पुछ्नु पर्दछ । यदि फोनमा पानी धेरै नै रहेको छ भने यसलाई तत्काल भ्याकुम वा ड्रायरले सुकाउनु पर्दछ ।

चामलको प्याकेट वा डब्बामा फोनलाई राख्नुस्

यसपछि यूजरले आफ्नो फोनबाट चिसोपनालाई हटाउनु पर्ने छ । यसको लागी यूजरले कुनै पनि चामलको प्याकेट वा डब्बामा फोनलाई राख्न सक्दछन । स्मरण रहोस चामलमा हिग्रोस्कोपिक गुण हुने गर्दछ जसले चिसोपनालाई सजिलै हटाउन सक्दछ । यस बाहेक यूजरले सिलिका प्याकेटको पनि प्रयोग गर्न सक्दछन ।

पंखा वा खुला हावामा राख्नुस्

भिजेको फोनलाई पंखा वा खुला हावामा राख्नु पनि बुद्धिमानी हुन सक्दछ । यसले फोनको चिसोपनालाई सोस्न ठुलो मदत गर्दछ ।

मोबाइल टेक्निशियनलाई देखाउनुस्

यदि यूजरलाई फोनमा रहेको चिसोपना पुर्ण रुपमा सुकिसकेको लागेता पनि फोनलाई चाँडै अन गर्नु हुदैन । त्यस्तै यूजरमा अझैपनि केहि संका रहेमा नजिकको मोबाइल टेक्निशियनलाई देखाउनु पर्दछ । र मोबाइल पुर्ण रुपमा सुख्खा रहेतापनि यसलाई ४८ देखि ७२ घण्टा सम्म नचलाई राख्नु बुद्धिमानी हुन सक्ने छ ।

easy care

प्रकाशित: २६ फाल्गुन २०७६, सोमबार