शाओमीले एमआई १० स्मार्टफोन भारतमा सार्वजनिक गर्ने, चीनपछिको दोस्रो लन्च

Technology Khabar २६ फाल्गुन २०७६, सोमबार

शाओमीले एमआई १० स्मार्टफोन भारतमा सार्वजनिक गर्ने, चीनपछिको दोस्रो लन्च

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले एमआई १० स्मार्टफोन भारतमा चाँडै लन्च गर्ने तयारी गरेको छ । जानकारी अनुसार यस फोनलाई कम्पनीले दुई भेरियन्टमा इन्डियन मार्केटमा लन्च गर्ने छ ।

शाओमी इन्डियाका एमडि मनु कुमार जैनले फरवरीमा यस फोनको टिजर लन्च गरेका थिए । उनले कम्पनीले चीनपछि हाल भारतमा पनि एमआई १० र एमआई १० प्रो लन्च गर्ने बताएका थिए । एमआई १० स्मार्टफोन ८जीबी र्याम प्लस १२८ जीबी स्टोरेज र ८जीबी प्लस २५६ जीबी स्टोरेजमा रहने छ ।

भारत शाओमीको लागि निकै महत्वपूर्ण बजार रहँदै आएको छ ।

एमआई सीरीजका यि दुबै स्मार्टफोन फरवरीमा चिनियाँ मार्केटमा लन्च गरिएको थियो । जहाँ एमआई १० को ८जीबी प्लस १२८जीबी स्टोरेज रहेको स्मार्टफोनको मुल्य ४२,४०० भारु रहेको थियो भने एमआई १० को ८जीबी प्लस २५६जीबी स्टोरेज रहेको स्मार्टफोनको मुल्य ४५,६०० भारु रहेको थियो ।

त्यस्तै चीनमा यसको तेस्रो भेरियन्ट पनि लन्च गरिएको छ । जुन १२जीबी र्यामसँगै २५६जीबी स्टोरेज सहित रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २६ फाल्गुन २०७६, सोमबार

ताजा समाचार