एक अर्बभन्दा धेरै एन्ड्रोएड स्मार्टफोनमा ह्याकिंगको खतरा, तपाईँको फोनको अवस्था के छ नी ?

Technology Khabar २५ फाल्गुन २०७६, आईतवार

एक अर्बभन्दा धेरै एन्ड्रोएड स्मार्टफोनमा ह्याकिंगको खतरा, तपाईँको फोनको अवस्था के छ नी ?

काठमाडौं ।

काठमाडौं । साइबर सेक्योरिटी फर्म ह्विच? (Which ?) ले विश्वभरीका एक अर्बभन्दा धेरै एन्ड्रोएड स्मार्टफोनहरुमा कमजोरी रहेको दाबी गरेको छ । फर्मको अनुसार यि स्मार्टफोनहरुमा सेक्योरिटी अपडेट्स नदिइने हुनाले यि स्मार्टफोनहरु ह्याक हुन सक्ने छ ।

यस साईबर सेक्योरिटी वाच डगले २०१२ वा यसभन्दा पहिले लन्च गरिएका स्मार्टफोन यूजरहरुको लागी यो निकै गम्भिर समस्या भएको बताएको छ । हालसम्म गूगलले यस रिर्पोटमा कुनैपनि बयान सार्वजनिक गरेको छैन ।

यस सेक्योरिटी फर्मले गूगल सहित एन्ड्रोएड स्मार्टफोन कम्पनीहरुमाथी पनि प्रश्न उठाएको छ । यस एजेन्सिले मोबाइल कम्पनीहरु सफ्टवेयर अपडेट लाई लिएर यूजरहरुसँग ट्रान्सपेरेन्ट हुनु आवस्यक रहेको बताएको छ ।

सामान्य रुपमा कुनैपनि कम्पनीको स्मार्टफोन जतिसुकै महंगो भएपनि उक्त कम्पनीले कति वर्ष सम्म यस स्मार्टफोनमा एन्ड्रोएड अपडेट पाइन्छ भन्ने प्रष्ट खुलाएको हुदैन । धेरैजस्ता एन्ड्रोएड स्मार्टफोनहरु दुई देखि तीन वर्ष पछि नै अपडेट दिन बन्द गरिदिने गर्दछन ।

बिबिसी को एक रिर्पोटमा गूगलको डेटा आफैले नै विश्वभरिका ४२.१ प्रतिशत एन्ड्रोएड यूजरहरुसँग एन्ड्रोएड ६.० वा यसभन्दा तलको भर्जन रहेको बताउने उल्लेख गरिएको छ ।

सेक्योरिटी फर्म ह्विच? ले आफ्नो अध्ययनमा विश्वभरिका ५ मध्ये २ एन्ड्रोएड यूजरहरुलाई हाल सेक्योरिटी अपडेटहरु नदिईने पाइएको बताएको छ ।

यसमा पाँच स्मार्टफोनहरुको टेस्टिंग गरिएको छ । यसमा मोटो एक्स, सामसङ ग्यालेक्सी ए५, सोनी एक्सपेरिया जेड२, नेक्सस ५ र सामसङ ग्यालेक्सी एस६ रहेका छन ।

ह्विचले यसलाई चेक गर्नको लागी एन्टि भाइरस ल्याब एभी कम्प्यारिभ्स को सहयोग लिइएको बताएको छ । यस एजेन्सीले पाँचैवटा स्मार्टफोनलाई मालवेयरबाट प्रभावित गर्दा सबै फोनहरुका मालवेयर सजिलै इन्जेक्ट भएको थियो ।

यस सेक्योरिटी फर्मकाले मोबाइल कम्पनीहरुलाई आफ्ना यूजरहरुको सर्पोटको लागी कुनै कमजोरी गर्न नहुने उल्लेख गरेको छ ।

बिबिसीको एक रिर्पोटको अनुसार ह्विच? एजेन्सीका कम्प्युटिंग एडिटरले महंगो मोबाइल फोनहरुको लाइफ पनि छोटो हुन अचम्मको कुरा रहेको बताएका छन । उनले यस्ता फोनहरुमा सेक्योरिटी अपडेट्स चाडै नै बन्द हुने र यसै कारणले हाल लाखौँ प्रयोगकर्ताहरु ह्याकिंगको चपेटामा पर्न सक्ने उच्च सम्भावना रहेको पनि जनाएका छन ।

यस्ता स्मार्टफोनहरुमा एन्ड्रोएड सेक्योरिटी अपडेट नपाइने भएकाले यसबाट बच्न उपभोक्ताहरुले एन्ड्रोएड ६ भन्दा माथिको एन्ड्रोएड सर्पोट रहेको स्मार्टफोन किन्नुको विकल्प रहेको देखिदैन ।

यदि यूजरहरुले नयाँ स्मार्टफोन किन्न नचाहेको खण्डमा यस्ता स्मार्टफोनहरुलाई सावधान रहनु पर्दछ । अर्थात जथाभाबी एप्स डाउनलोड गर्नबाट बच्नु पर्ने हुन्छ र कुनैपनि प्रकारको संका रहेको कन्टेन्टहरुमा एक्सेस गर्नबाट जोगिनु पर्दछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार

ताजा समाचार