रिलायन्स जियोद्धारा भारत सरकारसँग शुल्क सिफारिस, १ जीबी डाटा मुल्य कम्तिमा भारु २० बनाऊ

Technology Khabar २५ फाल्गुन २०७६, आईतवार

रिलायन्स जियोद्धारा भारत सरकारसँग शुल्क सिफारिस, १ जीबी डाटा मुल्य कम्तिमा भारु २० बनाऊ

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलक भारतमा टेलिकम क्षेत्रमा नै सस्तो मूल्यमा टेलिकम सेवा दिएर विश्वभर चर्चामा आएका जियोले हालै सेवा शुल्क बढाउन माग गरेकोछ । भारतीय बजारमा ठुलो टेलिकम कम्पनीको रुपमा उदाईसकेको रिलायन्स जियोले प्रति जीबी डाटाको मुल्य बढाउन माग गरेको छ ।

जियोले प्रति जीबी डाटाको फ्लोर प्राइसलाई १५ भारतीय रुपैयाँसम्म बढाउन माग गरेको हो । साथै जियोले टेलिकम रेगूलेटरी अथोरिटी अफ इन्डिया (ट्राई) सँग आउँदो ६ देखि ९ महिनामा डाटामुल्यमा वृद्धि गरेर २० रुपैयाँ प्रतिजीबी बनाउन अपिल पनि गरेको छ ।

एक रिर्पोटको अनुसार वायरलेस डाटाको मूल्य अब उपभोक्ताको उपयोगमा निर्भर हुने जियोको भनाई रहेको छ । यद्पी जियोले भ्वाइस ट्यारिफमा कुनै परिवर्तन हुने वा नहुने बारेमा भने केहि बताएको छैन् । कम्पनीले भ्वाइस ट्यारिफमा परिर्वतन गर्न निकै मुश्किल हुने र यस्तो गर्दा मार्केटमा अस्थिरता हुने कम्पनीको मान्यता रहेको छ ।

रिलायन्स जियोले टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया (ट्राई) लाई भारतीय उपभोक्ता मूल्यलाई लिएर निकै संवेदनशिल रहेको र यस्तोमा प्रति जीबी डाटालाई एकै पटक वृद्धि नगरी पटक पटक गरि मुल्य वृद्धि गर्न माग गरेको हो ।

यसबाट उपभोक्ताहरुलाई महंगो ट्यारिफको धेरै प्रभाव नपर्ने जियोको भनाई रहेको छ । त्यस्तै जियोले यसमा उपभोक्ताहरु बाहेक कर्पोरेटहरुलाई पनि सामेल गर्नुपर्ने माग पनि गरेको छ ।

सेल्यूलर अपरेटर एसोसिएशन अफ इंडिया (सीओएआई) ले पनि नियमनकारी निकायसँग तय गरिने शुल्क सबै ग्राहकहरु र सबै प्रकारको शुल्कमा समानरुपमा लागू हुनुपर्ने बताएकोछ ।

भारतमा टेलिकम कम्पनीहरु यसअघि देखि नै सकल समायोजित आय (एजीआर) को समस्यामा जुधिरहेका छन् । सरकारले सबै कम्पनीहरुलाई एजिआरको बाँकी बक्यौता समयभित्र नै तिर्न भनिसकेको छ ।

easy care

प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार

ताजा समाचार