Technology Khabar २५ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।आज अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गूगलले हरेक खास दिनहरुमा झैं डूडल बनाएर सेलिब्रेट गरेको छ । महिला दिवसमा गूगलले एक एनिमेटेड भिडियो शेयर गरेको छ । म्यासेजमा डूडलमा विश्वभरिका महिलाहरु र जेनेरेशनलाई देखाईएको छ । यो एनिमेशन भिडियो मल्टिलेर्यड थ्रीडि पेपर मन्डाला एनिमेशनको माध्यमबाट बनाइएको हो ।
गूगल सर्च इन्जिनमा बनाइएको यस इलेस्ट्रेटेड न्यूयोर्क र लन्डनका बेस्ट आर्टिस्ट जूली विलकिन्शन र जोयन हर्सकोप्टले बनाएका हुन ।
एनिमेशन जूरिकका एनिमेटर म्यारिन विलियम र उनका साथीहरु मिलेर तयार गरेका हुन । यस एनिमेशन भिडियोमा विश्वभरका शक्तिसाली महिलाहरुलाई चित्रण गरिएको छ । यस एनिमेशन भिडियो मा मन्डालाको ब्ल्याक र ह्वाइट सेन्ट्रल लेयरले १८००–१९३० सम्म भएको लेबर मुभमेन्टका महिलाहरुलाई देखाएइको छ । दोस्रो लेयरमा १९५०–१९८० सम्म चलेको जेन्डर इक्वालिटी को लडाई र जिवनशैलीमा आएको तिव्र बदलाव आएका बेलाका महिलाहरुलाई देखाइएको छ ।
यसपछि यस भिडियोको तेस्रो तहमा १९९० देखि आजसम्मका महिलाहरुलाई चित्रण गरिएको छ । अर्थात गूगलको यस डूडलमा बितेको १०० वर्षमा महिलाहरुको अधिकारहरुमा भएको परिवर्तनलाई देखाइएको छ । गूगलले आफ्नो ब्लग पोस्टमा ‘पुराना सास्कृतिक र लौंगिक भुमिकाहरुद्धारा समाजमा आफ्नो भुमिकालाई लिएर प्रश्न गर्ने र त्यसलाई पुनःपरिभाषित गर्नको लागी बाधाहरुलाई तोड्नको लागी गरिएको हरेक प्रयासलाई श्रद्धान्जली दिन्छ’ भनि लेखेको छ ।
गूगलले आफ्नो पोस्टमा ‘आज महिलाहरुले त्यस्ता मानिसहरुसँग काँधमा काँध जोडि उभिएका छन जसले पछिल्लो पिँढिमा संघर्ष र बलिदान दिएका थिए,’ लेखेको छ । कम्पनीले आजका महिलाहरुले यसै तरिकाले महिला अधिकारहरुको लागी सुरु गरिएको आन्दोलनको बिरासतलाई अघि बढाउदै लाने कुरा उल्लेख गरेको छ । गूगलले महिला दिवसको अवसरमा बनाइएको डूडलमा आउदो पिढीहरुलाई बाटो देखाउने प्रयास गरिरहेका महिलाहरुलाई देखाइएको बताएको छ ।
प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार