Technology Khabar २५ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । टिसिएलले हालै आफ्नो दुईवटा नयाँ डिभाइसहरु प्रदर्शन गरेको छ जसमा फ्लेक्जिबल मोबाइल डिस्प्ले राखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट स्मार्टफोनहरुमध्ये एउटा तीन स्थानमा फोल्ड हुन्छ भने अर्को रोलेबल अर्थात आफैं घुमाउन सकिने डिस्प्लेसहितको छ ।
टिसिएलको घरेलु स्क्रीन डिभिजन टिसिएल सीएसओटीले ती प्यानलहरु विकास गरेको हो ।
यो फ्लेक्सिबल एमोलेड टेक्नोलोजीले १० इन्चको ट्याबलेटलाई ६.६५ इन्चको डिभाइसमा फोल्ड गर्न सकिन्छ जसको एस्पेक्ट रेसियो २०.८:९ हुन्छ भने यसमा थ्रीके रिजोल्यूशन हुनेछ ।
कम्पनीले दुई फरक हिंज अर्थात जोडाई विकास गरेको छ जसलाई ड्रागनहिंज र बटरफ्लाईहिंज नाम दिईएकोछ । यी दुई हिँजले क्रमश ग्यालेक्सी फोल्डको जस्तो भित्र फोल्ड हुने वा ह्वावे मेट एक्सको जस्तो बाहिर फोल्ड हुने गर्दछ । तर यी दुबैको संयोजनले भने डिभाइसलाई तीन स्थानमा फोल्ड गर्न सक्ने बनाउँछ ।
टिसिएलले बनाएको अर्को फ्लेक्जिबल डिजाइन अझ व्यापक किसिमको छ । जसमा फोनलाई एक छेउबाट तानेर बिस्तार गर्न सकिन्छ र डिभाइसको बडि पार्टभित्रबाट स्क्रीन बाहिर आउँछ ।
यस्तो हुनका लागि रोलेबल एमोलेड प्रयोग गरिएको छ । जसले ६.७५ इन्चको डिभाइस स्क्रीनलाई ७.८ इन्चको डिस्प्लेको रुपमा बनाउन सक्छ । यसमा राखिएको बटनलाई थिच्दा डिस्प्ले आफैं स्वचालितरुपमा भित्र जान्छ । यसमा म्यानुअल तान्ने वा थिच्ने मोसनको सुविधा छैन् ।
यो डिभाइको स्वरुप र डिस्प्ले परिवर्तनसँग यूजर इन्टरफेस पनि ठूलो डिस्प्ले डिजाइनमा आउँछ र यसमा अतिरक्त फिचरको रुपमा स्प्लीट स्क्रीन र मल्टि टास्किंग देखिन्छ ।
टिसिएलले सार्वजनिक गरेको सो कन्सेप्ट डिभाइसको उपलब्धता र मूल्य कति पर्छ भन्ने कुनै जानकारी दिएको छैन ।
प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार