फेसबुकको लण्डन स्थित कार्यालय सोमबारसम्मका लागि बन्द

Technology Khabar २४ फाल्गुन २०७६, शनिबार

फेसबुकको लण्डन स्थित कार्यालय सोमबारसम्मका लागि बन्द

काठमाडौं ।

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले बेलायतको लण्डनमा रहेको आफ्नो कार्यालयलाई सोमबारसम्मका लागि बन्द गरेको छ । कम्पनीका एक कर्मचारीमा कोरोनाभाइरस रहेको भेटिएपछि फेसबुकले आफ्नो कम्पनीलाई केहि दिनका लागि बन्द गरेको हो ।

सिंगापुरमा अवस्थित रहेका एक कर्मचारी जसलाई हालै कोभिड १९ भएको पत्ता लागेको छ उनले लण्डन कार्यालयमा फरबरी २४ २६ मा आएका थिए फेसबुकले विज्ञप्तिमा भनेको छ ।

सोहि कारणले फेसबुकले आफ्नो कार्यालयको बृहत र सुक्ष्म सफाई गर्नका लागि सोमबारसम्म बन्द गरेको छ भने कर्मचारीहरुलाई सो बेलासम्म घरबाट नै कामगर्न भनिएको छ ।

यसका साथै फेसबुकले सिंगापुरको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि घरबाट नै आगामी मार्च १३ सम्म कामगर्न भनेको छ । कम्पनीले सो कार्यालय तत्काल बन्द गरिएको जानकारी समेत दिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार