एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बोनस, मोबाइल इन्टरनेटको दर ८० प्रतिशतसम्म झर्ने

Technology Khabar २४ फाल्गुन २०७६, शनिबार

एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बोनस, मोबाइल इन्टरनेटको दर ८० प्रतिशतसम्म झर्ने

काठमाडौं ।

काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने कम्पनीले जानकारी दिएको छ।

मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबार फागुन २५ बाट संचालनमा आउँदैछ । यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डाटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डाटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त गर्दै जाने बताईएको छ ।

यसरी प्राप्त हुने डाटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो रु १० खर्च गरेपछि, प्रत्येक थप रु १० डेटामा खर्च गरे वापत २०/२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स डाटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डाटा बोनस पाउनेछन् । यसैगरी ग्राकहरुले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डाटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसको अर्थ ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डाटामा खर्च गर्दछन् त्यसकै हिसाबको आधारमा बोनस पाउँदछन् ।

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डाटा सेवामा पहुँच सुनिश्चित गर्ने उदेश्यसहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भएपनि यो योजना डेटा प्याक नलिई पे एज यु गोमार्फत सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि एकदमै फाइदाजनक हुने एनसेलको भनाई छ ।

मेन ब्यालेन्सबाट डेटामा कुल खर्च रु.                         थप पाइने बोनस डेटा (एमबी)
२                                                                             २
५                                                                             २+५
१०                                                                            २+५+१०
२०                                                                           २+५+१०+२०
प्रत्येक थप रु १०                                                         थप २० एमबी

Global Bank
easy care

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार

ताजा समाचार