एप्पलको आइफोन ९ को लन्च मिति सर्नसक्ने, बजेट आइफोन किन्नका लागि थप समय कुनुपर्ने

Technology Khabar २३ फाल्गुन २०७६, शुक्रबार

एप्पलको आइफोन ९ को लन्च मिति सर्नसक्ने, बजेट आइफोन किन्नका लागि थप समय कुनुपर्ने

काठमाडौं ।

काठमाडौं । एप्पलले बजेट आइफोनको रुपमा ल्याउन लागेको नयाँ आइफोनको लन्चिंग मिति पछाडि धकेलिने भएको छ । धेरै समयअघिदेखि बजारमा एप्पलले बजेट आइफोनको रुपमा आइफोन ९ वा आइफोन एसई २ लन्च गर्ने अनुमान गरिँदै आएको छ ।

कम्पनीले लन्च गर्ने सो बजेट आइफोन किन्न अझै केहि समय प्रतिक्षा गर्नुपर्ने देखिएको छ । कोरोनाभाइरसको प्रकोपका कारण एप्पलले सो स्मार्टफोनको लन्च पछाडि सार्न लागेको हो ।

हालै ताइवानबाट आएको रिपोर्टअनुसार एप्पल आइफोन ९ को लागि अर्डर गरिएको प्रिन्टेड सर्किट बोर्डलाई पहिलो त्रैमासिकबाट सारेर दोस्रो त्रैमासिक गरिएको छ ।

रिपोर्टलाई आधार मान्दा बजेट आइफोन लन्च हुन अझै केहि समयावधी कुर्नुपर्ने भएको हो । आइफोन ९ यहि मार्चको अन्तिममा लन्च हुने अपेक्षा गरिएको थियो ।

डिजिटाइम्सको रिपोर्टअनुसार आइफोन ९ वा आइफोन एसई २ का लागि पिसिबी बनाउने ताइवानी कमपनी झेन डिंग टेक्नोलोजीले आफ्नो आपूर्ति दोस्रो चौमासिकको लागि सारिएको जानकारी दिएको छ ।

सो कम्पनीको उत्पादन क्षमता चीनमा ८० प्रतिशत पुगेको छ भने ताइवानमा फ्लेक्सियम इन्टरकनेक्सनले ताइवानमा यसको मूख्य उत्पादनहरु हेर्दछ । सो कम्पनीले भने एप्पलबाट माग आएको कुनैपनि समयमा आपूर्ति गर्न तयार रहेको बताईएको छ ।

त्यसैगरि रिपोर्टअनुुसार बजेट आइफोन चीनमा प्रोडक्सन भेरिफिकेसनको चरणमा पुगेको छ। जसअनुसार अब यो स्मार्टफोन ढिला लन्च भएपनि यसको थप जानकारीहरु भने आउन शुरु हुनेछ ।

यसअघि एप्पलले यो आइफोनको मास प्रडक्सन फरवरीको अन्त्यमा शुरु गर्ने तयारी गरेको थियो ।

easy care

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार