चीनका टेलिकम क्यारियरहरुले ५जी बेस स्टेशन निर्माणलाई तिब्रगतिमा अगाडि बढाउने

Technology Khabar २३ फाल्गुन २०७६, शुक्रबार

चीनका टेलिकम क्यारियरहरुले ५जी बेस स्टेशन निर्माणलाई तिब्रगतिमा अगाडि बढाउने

काठमाडौं । चीनका टेलिकम क्यारियरहरुले यो वर्षभित्र कम्तिमा ५ लाख ५० हजार ५जी बेस स्टेशनहरु बताउने योजनालाई सुनिश्चित गरेका छन् । हाल चीनमा फैलिएको नोभेल कोरोनाभाइरसले गर्दा आर्थिक गतिबिधिमा समस्या आएपनि कम्पनीहरुले तिब्रगतिमा ‘सुपरफास्ट वायरेस’ रोलआउट गर्ने प्रतिबद्धता गरेका छन् ।

चीनका दोस्रो र तेस्रो ठूलो अपरेटरहरु चाइना यूनिकम र चाइना टेलिकमले यो वर्षको पहिलो तीन चौमासिकहरुमा २ लाख ५० हजार ५जी बेस स्टेशन बनाउन सहकार्य गर्ने भएका छन् ।

उनीहरुले पहिलो अर्ध वार्षिकभित्रै १ लाख ५जी बेस स्टेशनहरु कुल निर्माण गर्नेछ जून चीनका ४७ शहरहरुका लागि ५जी सिग्नल प्रदान गर्नेछ ।

सोहि बिचमै चीनको सबैभन्दा ठूलो टेलिकम क्यारियर चाइना मोबाइलले भने यो वर्षको ३ लाख ५जी बेस स्टेशनहरु निर्माण गर्ने लक्ष्यलाई हासिल गर्न थप स्रोतहरु लगाउने छ । कम्पनीले यसका साथै आफ्नो दोस्रो फेजको ५जी परियोजनाका लागि समेत खरिद योजना शुरु गरेको छ ।

यसका साथै ५जीमा नयाँ रहेको चाइना ब्रोडकास्टिङ्ग नेटवर्क कर्पले भने ५जी स्टेशनको निर्माणहरुको बारेमा कुनै योजना सार्वजनिक गरेको छैन । तर केहि विश्लेषकहरुका अनुसार यो वर्षभित्र कम्पनीले करिब ५० हजार ५जी बेस स्टेशन तयार गर्ने अनुमान गरेका छन् ।

कम्पनीहरुको यो प्रतिबद्धता र प्रयास चीनको मिनिस्ट्र अफ इण्डस्ट्रि एण्ड इन्फर्मेशन टेक्नोलोजीले टेलिकम्यूनिकेसन इडस्ट्रिमा उत्पादनहरु पुन शुरु गर्न गरेको प्रयास पछि आएको हो ।एजेन्सी

TK Viber

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

Loading...