५जी प्रविधि शुरु भएपनि अझै ५ वर्ष विश्वभर ४जी प्रविधिकै बोलबाला हुने- जीएसएमए रिपोर्ट

Technology Khabar २३ फाल्गुन २०७६, शुक्रबार

५जी प्रविधि शुरु भएपनि अझै ५ वर्ष विश्वभर ४जी प्रविधिकै बोलबाला हुने- जीएसएमए रिपोर्ट

काठमाडौं ।

काठमाडौं । विश्वभर ५जीको चर्चा र बिस्तार निकै भएपनि सन् २०२५ सम्म अझै ४जी प्रविधिकै राज हुने हालै सार्वजनिक रिपोर्टले बताएको छ । मोबाइल नेटवर्कको संस्था जीएसएमएले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार ५जी को रोलआउट विश्वभर व्यवसायीकरुपमा नै हुन शुरु गरेको भएपनि अझै ४जी मोबाइल कनेक्सन नै प्रमुख हुनेछ ।

सो रिपोर्टअनुसार सन् २०२५ सम्म ५जीको शुरुवातसँगै ४जीको वृद्धि अझै भईरहने बताईएको छ । सन् २०२५ सम्म ४जीको प्रयोग बढेर विश्वभर ५६ प्रतिशत कनेक्सनमा पुग्ने अनुमान गरिएको छ ।

रिपोर्टले गत वर्ष ४जीको विश्वव्यापी कनेक्सन ५२ प्रतिशत भएको उल्लेख गरेको छ ।

फाइभजीको बिस्तारसँगै विश्वभर २४ वटा बजारमा ५जी लाइभ भएको छ भने ५जी डिभाइसहरुको वृद्धि भईरहेको र मानिसहरु समेत ५जी बारे जानकारी हुँदै गरेको जीएसएमएको ठहर छ ।

जीएसएमएको मोबाइल इकोनोमी २०२० रिपोर्टअनुसार २४ वटा बजारमा ४६ वटा अपरेटरहरुले ५जी व्यवसायीकरुपमा लन्च गरिसकेका छन् । त्यसैगरि रिपोर्टले सन् २०२५ सम्ममा पाँच मध्ये एक मोबाइल कनेक्सन ५जी नेटवर्कमा संचालन हुने प्रक्षेपण गरेको छ ।

पछिल्लो वर्षहरुमा ५जीमा ठूलो लगानी वृद्धि भईरहेको भन्दै मोबाइल अपरेटरहरुले सन् २०२० देखि २०२५ को अवधिसम्ममा मोबाइल क्यापेक्समा करिब १.१ ट्रिलियन डलर खर्च गर्ने अपेक्षा गरिएको छ । यो कुल ५जी नेटवर्कसको करिब ८० प्रतिशत हुन आउनेछ ।
त्यसैगरि स्मार्टफोनको प्रयोग दर समेत बढ्दै जानेछ भने सन् २०२५ सम्ममा प्रत्येक ५ मध्ये ४ वटा स्मार्टफोन नेटवर्कमा रहनेछ ।

रिपोर्टकाअनुसार मोबाइल सब्सक्राईबरको संख्या वृद्धि हुँदै सन् २०२५ सम्ममा ५ अर्ब ८० करोडसम्म पुग्ने छ जून कुल जनसंख्याको ७० प्रतिशत हुनेछ । गत वर्ष यस्तो सब्सक्राईबर संख्या ५ अर्ब २० करोड रहेको थियो जून विश्व जनसंख्याको करिब ६७ प्रतिशत थियो ।

जीएसएमएले सन् २०२५ सम्ममा विश्वका करिब आधा जनसंख्याहरु मोबाइल इन्टरनेट यूजर्सको रुपमा रहने अनुमान गरेको छ । रिपोर्टले करिब ३.८ अर्ब मानिसहरु हाल मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेको भन्दै यो वृद्धि हुँदै ६१ प्रतिशत अर्थात करिब ५ अर्ब मानिस २०२५ सम्ममा मोबाइल इन्टरनेट यूजर्स हुनेछन् ।

आगामी १४ वर्षभित्र ५जी प्रविधिले विश्वको अर्थतन्त्रमा २.२ ट्रिलियन डलरको योगदान गर्ने अपेक्षा गरिएको छ ।

सार्वजनिक रिपोर्टअनुसार गत वर्ष विश्वव्यापीरुपमा कुल ग्राहस्थ उत्पादनको करिब ४.७ प्रतिशत मोबाइल टेक्नोलोजीज र सर्भिसेजले योगदान गरेको थियो जून करिब ४.१ ट्रिलियन डलर बराबर मूल्य अभिवृद्धि भएको थियो ।

यस्तो योगदान सन् २०२४ सम्ममा ४.९ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ, जसमा मोबाइल सेवाहरुमार्फत हुने लाभ र उत्पादकत्वमा हुने सुधारले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

रिपोर्टकाअनुसार सन् २०१९ मा मोबाइल ईकोसिस्टमले ३ करोड भन्दा बढि रोजगारी प्रत्यक्ष तथा अप्रत्यक्ष सिर्जना गरेको थियो । त्यसैगरि सन् २०२४ सम्ममा ५जी ले थप २.२ ट्रिलियन डलर विश्व अर्थतन्त्रमा योगदान गर्ने अनुमान गरिएको छ जसअन्तरगत ५जीले उत्पादन, यूटिलिटी, र व्यवसायिक तथा वित्तिय सेवाहरु नयाँ प्रविधबाट सबैभन्दा धेरै लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार