एरिक्सनको अमेरिकास्थित नयाँ फ्याक्ट्रिबाट ५जी उपकरणहरुको उत्पादन शुरु

Technology Khabar २३ फाल्गुन २०७६, शुक्रबार

एरिक्सनको अमेरिकास्थित नयाँ फ्याक्ट्रिबाट ५जी उपकरणहरुको उत्पादन शुरु
Classic Tech

काठमाडौं । टेलिकम उपकरण निर्माता कम्पनी एरिक्सनले अमेरिकामा रहेको आफ्नो नयाँ फ्याक्ट्रिबाट उत्पादन शुरु भएको घोषणा गरेको छ ।

कम्पनीले टेक्सासको लेविसभील्लेमा रहेको आफ्नो अमेरिकी फ्याक्ट्रिबाट ५जी बेस स्टेशनहरु उत्तर अमेरिकी ग्राहकहरुका लागि उत्पादन गर्नेछ । यो उत्पादन फ्यासिलिटीको बारेमा गत वर्ष नै कम्पनीले घोषणा गरेको थियो ।

उत्तर अमेरिकी ग्राहकहरुका लागि एसिक्सनको ५जी पोर्टफोलियोअन्तरगत कम्पनीले आफ्नो पहिलो निर्माण गरिएको उत्पादनमा मिलिमिटर वेभ स्ट्रीट म्याक्रो रहेको छ ।

सबै रेडियो एक्सेस कम्पोनेन्टहरु एउटै हलुका बक्समा तयार पारिएको छ, जसमार्फत सर्भिस प्रोभाइडरले जटिल शहरी वातावरणमा ५जी कभरेज वृद्धि गर्न प्रयोग गर्न सक्नेछ ।

एरिक्सन आफैंले पनि फ्याक्ट्रिमा ‘स्ट्रीट म्याक्रो’ प्रयोग गरिरहेको छ। जसले गर्दा साइटका लागि स्मार्ट म्यानुफ्याक्चरिङ्ग टेक्निकहरु तथा कनेक्टेड सेवाहरु विकास गर्न सकिन्छ ।

कम्पनीले यो वर्षभित्रै अमेरिकामा सबैभन्दा पूर्ण स्वचालित, दिगो ५जी स्मार्ट फ्याक्ट्रि बनाउने लक्ष्य लिएको बताएको छ । कम्पनीको सो फ्याक्ट्रिमा शुरुवाती चरणमा करिब १०० जना मानिसहरुले काम गर्नेछन् ।

कम्पनीले सो फ्याक्ट्रि स्थापना गर्नुको कारणमध्ये आफ्ना ग्राहकहरुसँग नजिक हुने प्रयास अन्तरगत रहेको छ भने अमेरिकी सेक्यूरिटीको चासोलाई पनि सम्बोधन गर्नु रहेको छ ।

एरिक्सन अमेरिकामा रहेका सबै ४ वटा नेटवर्क अपरेटरहरुका साथसाथै साना कयौं अपरेटरहरुका लागि समेत ५जी आपूर्तिकर्ता हो ।

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...