ओप्पो कासमार्फत स्मार्टफोन ब्राण्ड ओपो वित्तिय सेवामा, पर्सनल र बिजनेस लोन लिन सकिने

Technology Khabar २३ फाल्गुन २०७६, शुक्रबार

ओप्पो कासमार्फत स्मार्टफोन ब्राण्ड ओपो वित्तिय सेवामा, पर्सनल र बिजनेस लोन लिन सकिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । चिनियाँ कम्पनी ओपोले एन्ड्रोएड यूजरहरुका लागी भारतमा आफ्नो फाइनान्सियल सर्भिस ‘ओपो कास (Oppo Kash)’ लन्च गरेको छ । यस एपको माध्यमबाट ग्राहकहरुलाई म्यूचुअल फन्ड, क्रेडिट रिर्पोट, पर्सनल लोन र बिजनेस लोन प्रदान गरिने छ ।

यो भारतमा ओपो स्मार्टफोनमा प्रि इन्स्टल एपको रुपमा रहने छ त्यस्तै अन्य यूजरहरुले यसलाई गूगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । गूगल प्ले स्टोरमा रहेको जानकारीका अनुसार यस एपबाट १८ वर्ष भन्दा माथि उमेरका ग्राहकहरुलाई ८ देखि १० लाख सम्मको पर्सनल लोन र ५० हजार देखि १० करोड सम्मको बिजनेस लोन प्रदान गरिने छ । यस बाहेक ओपो मोबाइलको लागी मात्रै स्क्रिन इन्स्योरेन्स सुबिधा पनि दिईने छ ।

भारतमा फाइनान्शियल सर्भिस एमआई क्रेडिट र रियलमी पैसा पहिले देखि नै रहेको छ ।

भारतमा सुरुवाती रुपमा ओपो कासमा पाँच प्रकारको सर्भिस पाईने छ । जसमा म्यूचुअल फन्ड, फ्रिडम एसआइपी, पर्सनल लोन, बिजनेस लोन र स्क्रिन इन्सोरेन्स रहेको छ । जसमा सबैभन्दा खास फ्रिडम सिस्टेमेटिक इन्भेस्टमेन्ट रहेको छ । यस प्लानको माध्यमबाट इन्डियन यूजरले १०० रुपैयाँको न्यूनतम रकमबाट पनि म्यूचुअल फन्डमा इन्भेस्टमेन्ट सुरु गर्न सक्दछन । कम्पनीले यसको लागी २० एसेट म्यानेजमेन्ट कम्पनीहरुसँग साझेदारी गरेको छ । जसले यस प्लेटफर्म मा कयौँ एसआइपी र म्यूचुअल फन्ड प्रदान गर्ने छ ।

ओपोका भाईस प्रेसिडेन्ड सुमित वालियाले ओपो कासको उदेश्य यूजरहरुको हातमा नै एन्ड टू एन्ड फाइनान्सियल सोलुशन उपलब्ध गराउनु रहेको बताएका छन । उनले आफुहरुको उदेश्य भारतमा आउँदो पाँच वर्षमा ओपो कास १ करोड यूजरहरुसम्म पुर्याउनु रहेको जनाएका छन । उनले आउँदो १८ हप्तामा यूजरहरुलाई अन्य ६ सर्भिस जस्तो पेमेन्ट, ल्यान्डिग, इन्सोरेन्स, फाइन्यानशियल एजुकेशन र फाइनान्शियल वेल बिंग स्कोर पनि उपलब्ध गराईने उल्लेख गरेका छन । यस सर्भिसलाई चाँडै नै आईफोन प्रयोगकर्ताहरुका लागी पनि सार्वजनिक गरिने उनले बताए । एजेन्सी

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार