जापानी भाषा परीक्षाको अनलाईन फर्म भरी खल्तीमार्फत परीक्षाको शुल्क तिर्न सकिने

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

जापानी भाषा परीक्षाको अनलाईन फर्म भरी खल्तीमार्फत परीक्षाको शुल्क तिर्न सकिने

काठमाडौं ।

काठमाडौं । आगामी जुलाई ५, २०२० मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटि (JLPT) को आवेदन फर्म आज मार्च ५ तारिखदेखि खुलेको छ । साथै, उक्त परीक्षाको शुल्क अब खल्ती वालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ ।

खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाईनबाटै तिर्न मिल्ने सुविधा ल्याएको जानकारी दिएको छ ।

लेभल एन वान देखि एन५ सम्मका फर्म मध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क (ग्रान्ट अमाउन्ट) तीन हजार रुपैयाँ लाग्ने बताईएको छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जापानिज भाषा शिक्षक संगठन नेपालको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पथ्र्याे । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । अब परीक्षार्थीले अनलाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्डमै शुल्क भुक्तानी गर्न सकिने कम्पनीको भनाई छ ।

यसबाट परीक्षार्थीहरु लाभान्वित हुने खल्ती का निर्देशक अमित अग्रवालको बुझाइ छ । “हामी जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी सबै जापानी भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ । अब परीक्षार्थीहरुले फर्म भरीसकेपछि आफ्नो खल्ती आईडी दाखिला गरेर सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट उक्त शुल्क तिर्न सक्नुहुन्छ ।” उनले भने ।

जापानी भाषाको परीक्षा JLPT को आवेदन फर्म jlpt.org.np मार्फत भर्न सकिनेछ । साथै, फर्म भर्ने तरिका, ख्याल गर्नुपर्ने विवरणहरु र शुल्क तिर्ने सम्पूर्ण तरिकाहरु उक्त वेबसाईटमै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार