भारतीय अपरेटरहरु भोडाफोन आइडिया र एयरटेलले बुझाए स्पेक्ट्रम शुल्क बापतको बक्यौता रकम

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

भारतीय अपरेटरहरु भोडाफोन आइडिया र एयरटेलले बुझाए स्पेक्ट्रम शुल्क बापतको बक्यौता रकम
Classic Tech

काठमाडौं । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले भारत सरकारलाई स्पेक्ट्रम फि बापतको आफ्नो बक्यौतामध्ये ३,०४३ करोड भारु भुक्तान गरेको छ । त्यस्तै अर्को टेलिकम अपरेटर एयरटेलले १,९५० करोड भारु र रिलायन्स जियोले १,०५३ करोड भारु बुझाएका छन ।

यो कम्पनीहरुको डेफर्ड स्पेक्ट्रम ड्यूज पेमेन्टको अन्तिम किस्ता हो । रकम भूक्तानीसँगै कम्पनीहरुले २ वर्षको लागी राहत पाउने छन ।

भारत सरकारले टेलिकम सेक्टरलाई राहत दिनको लागी स्पेक्ट्रम फि भुक्तानमा दुई वर्षको स्थगन कल (म्याटोरियम) दिने घोषणा एक वर्ष पहिले नै गरेको थियो । यसबिच भारती एयरटेल, भोडाफोन आइडिया र जियोलाई कुल ४२,००० करोड भारु भुक्तानबाट राहत मिल्ने अनुमान गरिएको छ । यद्पी यस रकमलाई पछि भुक्तान गर्नुपर्ने छ ।

भारतमा हाल भोडाफोन आइडिया एजीआर बिवादका कारण निकै ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ । भारतको सरकारी आकंलन अनुसार भोडाफोन आइडियामाथी एजीआरको ५३,००० करोड भुक्तान बक्यौता रहेको छ । हालसम्म कम्पनीले दुई पटकमा ३,५०० भारु सरकारलाई भुक्तान गरेको छ । भारतीय न्युज एजेन्सीकाअनुसार भारतीय दूरसञ्चार बिभागले एजीआर बक्यौतामा अन्तर भएको भन्ने विषयमा टेलिकम कम्पनीहरुलाई फेरी चिट्ठी पठाएको छ । भारतीय टेलिकम कम्पनीहरुले बक्यौता रकम दुरसञ्चार बिभागले भने जति नभएको दाबी गरिरहेको अवस्थामा दुरसञ्चार बिभागले यस्तो चिट्ठी पठाएको हो ।

त्यस्तै भारतको अर्को टेलिकम कम्पनी टाटा टेलीकम्युनिकेशनले फेरी एजीआर बक्यौताको २,००० करोड भारतीय रुपैयाँ भुक्तान गरेको छ । यसअघि कम्पनीले २,१९७ भारु बक्यौता भुक्तान गरेको थियो । कम्पनीले एजीआर बापत १४,००० बक्यौता भुक्तान गर्नुपर्ने रहेको छ । एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...