भारतमा दूरसंचार पूर्वाधार कम्पनी आरकमको ‘रेज्योलुशन प्लान’लाई एसबिआईको अनुमती

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

भारतमा दूरसंचार पूर्वाधार कम्पनी आरकमको ‘रेज्योलुशन प्लान’लाई एसबिआईको अनुमती
Classic Tech

काठमाडौं । भारतको स्टेट बैंक अफ इन्डियाले दूरसंचार पूर्वाधार कम्पनी आरकमको ‘रेजोल्युशन प्लान’लाई मन्जुरी दिएको छ ।

स्रोतहरुलाई उल्लेख गरेर आएका रिपोर्टअनुसार बैकहरुलाई यसबाट उनिहरुको २३,००० करोड भारु फिर्ता हुन सक्ने अनुमान रहेको छ । आरकम र रिलायन्स टेलिकमको सम्पत्तीको लागी यूवी असेट रिकन्स्ट्रक्सन कम्पनीले १४,७०० भारुको बोली लगाएको हो ।

मुकेश अम्बानीको रिलायन्स जियोले आरकमको टावर र फाइबर बिजनेसलाई किन्नको लागी ४,७०० भारु अफर गरेको छ । आरकमले ४,३०० करोड रुपैयाँ बक्यौता भारतीय र चिनियाँ क्रेडिटर्सलाई प्राथमिकताको आधारमा भुक्तान पर्नेछ ।

आरकम माथी सेक्योर्ड कर्जा ३३,००० करोड भारु रहेको छ र लेन्डर्सले ४९,००० करोड रुपैयाँको दाबी गरेको छ । गएका दिनहरुमा आरकमले आफ्नो सम्पत्ती बेचेर कर्जा भुक्तान गर्ने कोशिस गरेको थियो । यसको लागी अनिल अम्बानीले रिलायन्स जियोसँग पनि सम्पर्क गरेका थिए तर केहि कारणहरुले गर्दा यस डिलले सफलता प्राप्त गर्न सकेन ।

जियोले आरकमको सम्पत्ती किन्नबाट इन्कार गरेको थियो । जियोले आरकमको भारी कर्जाको बोझ उठाउन नचाहेको बताएको थियो । स्विडिश टेलीकम कम्पनी एरिक्शनले इन्सोभेल्सीको लागी अपिल दायर गरेबाट भारतमा यस प्रकृयाको शुरुवात भएको हो । एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...