शाओमीको नयाँ फास्ट चार्जिग सर्पोट, ४० मिनेटमा नै ४,००० एमएएचको ब्याट्री फुल चार्ज

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

शाओमीको नयाँ फास्ट चार्जिग सर्पोट, ४० मिनेटमा नै ४,००० एमएएचको ब्याट्री फुल चार्ज

काठमाडौं ।

काठमाडौं । निकै समयदेखि मोबाइल फोन निर्माता कम्पनीहरु फास्ट वायरलेस चार्जिग टेक्नोलोजीमा काम गरिरहेका छन । हाल यसै लिस्टमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी पनि शामेल भएको छ ।

केहि महिना पहिले कम्पनीले नयाँ चार्जिगं प्रविधिको एक टिजर सार्वजनिक गरेको थियो । कम्पनीको ४० वाट वायरलेस फास्ट चार्जिगं टेक्नोलोजीलाई वीबोमा देखीएको हो ।

वास्तवमा कम्पनीले टिजरमार्फत एक भिडियो शेयर गरेको हो । यस भिडियोलाई चीनको माइक्रोब्लगिंग वेबसाइटमा शेयर गरिएको हो । यस भिडियोमा ४,००० एमएएच ब्याट्री रहेको एमआई १० प्रो सँगै नयाँ वायरलेस चार्जिंग टेक्नोलोजी देखिएको छ । यस टिजरमा ४० वाटको वायरलेस चार्जरको मुल्य र यसको उपलब्धता को बारेमा कुनै भने कुनै जानकारी रहेको छैन ।

यस टेक्नोलोजीको माध्यमबाट ४,००० एमएएचको ब्याट्री रहेको स्मार्टफोनलाई ४० मिनेटमा फुल चार्ज गर्न सकिने छ । भिडियोमा कम्पनीको एमआई एमआई १० प्रो स्मार्टफोन वायरलेस चार्जर बाट चार्ज हुदै गरेको देखिएको छ । भिडियोमा फोनलाई फुल चार्ज हुनमा लागेको समय रेकर्ड गरिएको छ ।

वीबो पोस्टमा यस वायरलेस चार्जर ४,००० एमएएचको ब्याट्री २० मिनेटमा ५७ प्रतिशत सम्म र ४० मिनेटमा फुल चार्ज गर्न सकिने बताइएको छ । यस बाहेक यस चार्जर मा एक भर्टिकल एयर कूलर पनि रहने छ, जसले चार्जरलाई धेरै तातो हुनबाट रोक्ने छ।

महत्वपुर्ण कुरा शाओमीले गएको वर्ष आफ्नो दोस्रो ५जी स्मार्टफोनमा एमआई ९ प्रोसँगै ३० वाट वायरलेस चार्जिगलाई पेश गरेको थियो । यस वायरलेस चार्जिग टेक्नोलोजी शाओमी एमआई ९ प्रो फोनको ४,००० एमएएचको ब्याट्रीलाई ७० मिनेटमा ० बाट १०० प्रतिशत चार्ज गर्न सकिने छ ।

हाल शाओमी भन्दा पहिले मार्केटमा यस्ता धेरै कम्पनीहरु रहेका छन् जसले आफ्नो फोनसँगै फास्ट चार्जिग टेक्नोलोजी लाई सार्वजनिक गरिसकेका छन । शाओमी को यस ४० वाट वायरलेस चार्जिगंको प्रतिस्पर्धा ओपोको ३० वाटको वायरलेस फास्ट चार्जिगं टेक्नोलोजी सँग हुने छ । ओपोले ३० वाटको वायरलेस चार्जर ओपो फाइन्ड एक्स२ सँगै सार्वजनिक हुन सक्ने छ । एजेन्सी

easy care

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार