ह्वाट्सएपले जारी गर्यो डार्क मोड फिचर, यसरी गर्नुस् आफ्नो स्मार्टफोनमा प्रयोग

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

ह्वाट्सएपले जारी गर्यो डार्क मोड फिचर, यसरी गर्नुस् आफ्नो स्मार्टफोनमा प्रयोग
Classic Tech

काठमाडौं । हाल सबैभन्दा पपुलर रहेको सोशल मिडिया म्यासेन्जिंग एप ह्वाट्सएपले आफ्नो ‘मोस्ट अवेटेड’ फिचर लाई रिलीज गर्न सुरु गरेको छ । गएको एक वर्षदेखि ह्वाट्सएपको डार्क मोड फिचरको बारेमा धेरै प्रकारको जानकारी सार्वजनिक हुँदै आइरहेको थियो ।

तर कम्पनीले बुधवार यस फिचरलाई सार्वजनिक गरेको छ । यद्पी सबै प्रयोगकर्ताहरुको लागी यस फिचर प्राप्त हुनमा अरु केहि समय लाग्न सक्ने देखिन्छ।

कम्पनीले यूजरहरुको लागी ह्वाट्सएपको डार्क मोड फिचर निकै शानदार साबित हुने दाबी गरेको छ। डार्क मोड फिचरलाई सार्वजनिक गरेपछि कम्पनीले यस फिचरले यूजरलाई एकदम नयाँ अनुभव प्रदान गर्ने र यस फिचरको मदतले यूजरहरुको आँखामा कम असर पर्ने जनाएको छ। यद्पी ह्वाट्सएपले डार्क मोडमा शुद्ध कालो रंगको प्रयोग भने गरेको छैन् ।

ह्वाट्सएपले हाल यूजरलाई डार्क ग्रे र अफ ह्वाइट कलरमा एपलाई प्रयोग गर्ने विकल्प दिएको छ । यी दुबै कलरहरुले स्क्रिनको ब्राइटनेसको प्रभावलाई कम गर्ने काम गर्दछन् । कम्पनीले यस फिचरको जानकारी दिनको लागी एक शर्ट फिल्म पनि बनाएको छ।

डार्क मोडको लागी बनाईएको फिल्मलाई ह्वाट्सएपले हेलो डार्कनेस नाम दिएको छ। डार्कमोड बाहेक ह्वाट्सएपले आफ्नो डिजाइनमा केहि चेन्ज पनि गरेको छ । स्मार्टफोनमा एन्ड्रोएड १० र आईओएस १३ प्रयोग गर्ने यूजरहरुले आफ्नो स्मार्टफोनको सेटिंग्सबाट नै डार्क मोड एक्टिभ गर्न सक्ने छन्।

त्यस्तै एन्ड्रोएड ९ वा यसभन्दा तलको भर्जन प्रयोग गर्ने यूजहरुले डार्क मोड फिचरलाई प्रयोग गर्नको लागी एपको सेटिग्संमा जानु पर्ने छ । यूजरहरुले ह्वाट्सएपको सेटिंगमा गएर पहिले थेम र च्याट्स विकल्पलाई सेलेक्ट गर्नु पर्दछ । यसपछि डार्क मोडलाई सेलेक्ट गर्न सकिने छ । एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...