भारतमा क्रिप्टो करेन्सी कारोबारको अनुमति, अदालतले हटायो केन्द्रिय बैंकले लगाएको प्रतिबन्ध

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

भारतमा क्रिप्टो करेन्सी कारोबारको अनुमति, अदालतले हटायो केन्द्रिय बैंकले लगाएको प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलकु भारतमा सुप्रिम कोर्टले क्रिप्टो करेन्सीमा रहेको प्रतिबन्ध हटाईदिएको छ । सुप्रिम कोर्टले बुधबार सो बारेमा सुनुवाई गर्दै भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)द्धारा क्रिप्टो करेन्सीमाथि लगाईएको प्रतिबन्धलाई हटाउने आदेश दिएको हो ।

आरबीआईले सन् २०१८ अप्रिलमा क्रिप्टो करेन्सीसँग जोडिएका वित्तिय सेवाहरुमाथि प्रतिबन्ध लगाएको थियो । जसको विरुद्ध अदालतमा मुद्धा दायर भएको थियो ।

इन्टरनेट एण्ड मोबाइल एसोसिएसन अफ इण्डिया(आईएएमएआई)ले सन् २०१८ मा आईबीआईद्धारा जारी गरिएको सर्कुलर प्रति आपत्ति जनाएको थियो भने सुप्रिम कोर्टमा मुद्धा दायर गरेको थियो । यो संस्थाका सदस्यहरुले एक आपसमा क्रिप्टो करेन्सी एक्सचेन्जगर्ने गर्दछन् ।

आईएएमएआईले आफ्नो तर्फबाट आरबीआईको सो कदमले भच्र्युअल करेन्सीको माध्यमबाट वैधानिक व्यवसायीक गतिबिधिमा प्रभाब परेको दाबी गरेको थियो ।

easy care

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

ताजा समाचार