फेसबुकले विश्व स्वास्थ्य संगठनलाई प्लेटफर्ममा निशुल्क विज्ञापन दिने, भ्रामक सूचनाहरु विरुद्ध लड्ने

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

फेसबुकले विश्व स्वास्थ्य संगठनलाई प्लेटफर्ममा निशुल्क विज्ञापन दिने, भ्रामक सूचनाहरु विरुद्ध लड्ने

काठमाडौं ।

काठमाडौं । फेसबुक इंकले विश्व स्वास्थ्य संगठनलाई आफ्नो प्लेटफर्ममा निशुल्क विज्ञापन प्रदान गर्नेभएको छ । फेसबुकले विश्वभर फैलिरहेको कोरोनाभाइरसको बारेमा गलत र भ्रामक सूचनाहरु रोक्नका लागि यूजर्ससम्म पुर्याउने गरि सहयोग गर्ने फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जूकरबर्गले बुधबार जानकारी दिएका छन् ।

‘हामी डब्लूएचओलाई कोरोनाभाइरबारे रेस्पोन्स गर्नेगरि उनीहरुको आवश्यकताअनुसार धेरै निशुल्क विज्ञापनहरु दिँदैछौं र साथै अन्य प्रकारको सहयोग पनि गर्दैछौं,’ जूगरबर्गले फेसुबक पोस्टमा भनेका छन् ।

फेसबुक यूजर्स जसले सो भाइरसको बारेमा पोस्टहरु सर्च गर्दछन उनीहरुले अब डब्लूएचओ वा अन्य स्थानिय स्वास्थ्य निकायहरुको सिधा लिंक भएको पछिल्लो जानकारीसहितको पप-अप हेर्नेछन् ।

यसका साथै फेसबुकले भ्रामक दाबी गरिएका र कन्सिपिरेसी थ्यौरी भएका जानकारीहरुलाई हटाउँदै कोरोनाभाइरस विरुद्धको भ्रामक र गलत सूचनाको बिरुद्धमा लड्ने बताए ।

https://www.facebook.com/zuck/posts/10111615249124441

फेसबुकले गएको फरबरीमा कोरोनाभाइरस नियन्त्रण गर्ने र सूरक्षा गर्ने दाबी गरिएका प्रडक्टहरु तथा अफरहरुका विज्ञापनमा प्रतिबन्ध लाउने बताएको थियो ।

अन्य सामाजिक संजालहरुले पनि यो भाइरसका विरुद्ध लड्न र सहि सूचना दिन कदम चालिरहेका छन् । कोरोनाभाइरसको विरुद्धमा लड्नका लागि हालै डब्लूएचओले टिकटकमा आफ्नो एकाउन्ट लन्च गरेको थियो ।

telecom
easy care

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार