भोडाफोन र राकुटेनले स्पेसमोबाइल स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड नेटवर्क सेवा शुरु गर्ने

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

भोडाफोन र राकुटेनले स्पेसमोबाइल स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड नेटवर्क सेवा शुरु गर्ने
Classic Tech

काठमाडौं । पछिल्लो दिनमा पृथ्वीको लो अर्बिटमा स्याटेलाइट राखेर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन विभिन्न कम्पनीहरुले काम गरिरहेका छन् । यहि क्रममा हालै अन्तराष्ट्रिय मोबाइल अपरेटर भोडाफोन र जापानको राकुटेन मिलेर नयाँ लगानी गर्ने घोषणा गरेका हुन् ।

दुबै कम्पनीले संयुक्तरुपमा अन्तरिक्षबाट ब्रोडकास्ट गरेर मोबाइल ब्रोडब्याण्ड नेटवर्क प्रयोग गर्दै मोबाइलको कभरेजलाई बिस्तार गर्ने उद्धेश्यले नयाँ भेन्चरमा लगानी गरेका हुन् ।

अमेरिकाको टेक्सासमा आधारित एएसटी एण्ड साइन्सबाट लो अर्थ अर्बिट(लियो), लो लेटेन्सी स्याटेलाइट नेटवर्क प्रयोग गरेर स्पेसमोबाइल नेटवर्क तयार पार्नेछ र त्यसलाई सिधै स्मार्टफोनहरुमा कनेक्ट गर्ने पहिलो किसिमको प्रयोग हुनेछ, भोडाफोनद्धारा जारी स्टेटमेन्टमा भनिएको छ ।

स्पेसमोबाइल नेटवर्कले तुलनात्मक डाटा रेट्समा विशेष स्याटेलाइट हार्डवेयरको आवश्यकता बिना नै टेरेस्टोरियल सेलुलर नेटवर्कसमार्फत रोमिङ्ग उपलब्ध गराउने छ । एएसटी एण्ड साइन्सले प्रारम्भिक चरणमा ४जी सेवाहरु विश्वभर रहेका पार्टनर नेटवर्कहरुमा प्रदान गर्नेछ भने भविश्यमा ५जी सेवा उपलब्ध गराउने छ ।

यो लगानीका साथमा भोडाफोनले स्पेसमोबाइलको विश्वव्यापी जडानको लागि रणनीतिक सहकार्य गर्नेछ भने प्राविधिक, संचालन र नियमनकारी विज्ञता उपलब्ध गराएर सहयोग गर्न सहमत भएको छ ।

बेलायतको अपरेटर कम्पनी भोडाफोनका सिईओ निक रिडले स्पेसमोबाइलले कम्पनीको यूरोप र अफ्रिकामा रहेको नेटवर्कलाई अभिवृद्धि गर्नेछ र प्राकृतिक अथवा मानविय प्रकोपको बेलामा ग्रामीण क्षेत्रमा सहयोगी हुने बताए ।

एएसटी एण्ड साइन्सले आफ्नो स्पेसमोबाइल टेक्नोलोजी ब्लूवाकर १ स्याटेलाइटमार्फत सफलरुपमा परीक्षण गरिसकेको छ । सो स्याटेलाइट गत २०१९ अप्रिलमा लन्च गरिएको थियो । हाल यो नयाँ भेन्चरका लागि १२ करोड ८० लाख अमेरिकी डलर संकलन गरिएको छ जसमा प्रारम्भिक चरणमा सिस्नेरोस र संस्थापक अबेल एभेलानले लगानी गरेका छन् । एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...