भारतीय दुरसञ्चार नियामक निकायका प्रमुखले भने- फ्रि कलको बहानामा खराव सेवा दिन पाईँदैन्

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

भारतीय दुरसञ्चार नियामक निकायका प्रमुखले भने- फ्रि कलको बहानामा खराव सेवा दिन पाईँदैन्
Classic Tech

काठमाडौं । भारतका दुरसञ्चार कम्पनीहरुले फोन कल काटिने (कल ड्रप) वा खराव सेवाहरुको बदलामा फ्रि भोइस कल दिने विषयमा भारतीय दुरसञ्चार नियामक निकाय ट्राईका चेयरम्यान आर.एस. शर्माले कल ड्रपको मुद्धा ट्राईको एजेन्डामा रहिरहने बताएका छन् ।

उनले सो हालै भारतमा आयोजित एशिया आर्थिक संवाद कार्यक्रममा बताएका हुन् । उनले भारतीय टेलिकम नियामक प्राधिकरण (ट्राई) ले कल ड्रपको लागी कम्पनीहरुलाई जरीवानाको प्रावधान सफलतापूर्वक सर्वोच अदालतमा चुनौती दिएको जनाए । उनले ट्राईले सेवाको गुणस्तरलाई राम्रो बनाउने दिशामा काम गरिरहने पनि बताएका छन् ।

शर्माले भारतमा धेरैजसो कम्पनीहरुले फ्रि मा भ्वाइस कल दिईरहेकोमा कल ड्रपमा ट्राईले कति जरिवाना लगाउने भन्ने बहस चलिरहेको बताएका छन । उनले यो बहस कम्पनीहरुले भ्वाइस कल फ्रि मा दिँदा यसबाट केहि नपाउने र यस्तो अवस्थामा कम्पनीहरुलाई कल ड्रपमा कति जरिवाना लगाउने भन्ने कारणले चले पनि यो सत्य नभएको बताएका छन्।

उनले कम्पनीहरुले आवश्यकताअनुसार अन्य सेवाहरुबाट फ्रि कलको लागत उठाउने जनाएका हुन । शर्माको यस्तो भनाई हाल भारतका टेलिकम उपभोक्ताहरु कल ड्रपको समस्याबाट आजित भईरहेको अवस्थामा आएको हो ।

सन् २०१६ मा रिलायन्स जियोले भारतीय टेलिकम मार्केटमा प्रवेश गरेपछि धेरैजसो कम्पनीहरुले डाटा शुल्क सेवाहरु सँगै फ्रि कल सेवा प्रदान गर्न सुरु गरेका हुन् । यसबाट भारतिय टेलीकम कम्पनीहरुको आयमा ठुलो असर पुगेको देखिन्छ । त्यसअघि भारतका टेलिकम कम्पनीहरुले आम्दानीको ठुलो भाग कल चार्जबाट प्राप्त गर्ने गर्दथे ।

शर्माले आफुलाई कल ड्रप समस्या बारेमा जानकार रहेको र आउँदो समयमा गुणस्तर बढदै जानेमा आफु विस्वस्त रहेको बताए । उनले ट्राइले अब भारतका विभिन्न सडक, रेल्वे स्टेशन र व्यस्त बजारमा कलको गुणस्तर चेक गर्ने र यसमा कुनै सेवाप्रदायकको कमजोर सेवा रहेमा उसलाई सजाय गरिने जनाएका छन ।

यसैबिच शर्माले भारतीय जनतालाई दुरसञ्चारको टावर निर्माणमा सहयोग गर्न आग्रह गर्दै यसले स्वास्थ्यमा कुनैपनि प्रकारको असर नगर्ने बताएका छन । उनले भारतका दुर्गम स्थानहरुमा सञ्चार सेवा पुर्याउनका लागी टावर निर्माण आवस्यक रहेको पनि उल्लेख गरेका छन । एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...