अमेरिकी ई-कमर्श कम्पनी अमेजनले भारतमा फुड डेलीभरी सर्भिस शुरु गर्ने

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

अमेरिकी ई-कमर्श कम्पनी अमेजनले भारतमा फुड डेलीभरी सर्भिस शुरु गर्ने

काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजन चाँडै नै इन्डियन मार्केटमा फुड डेलीभरी सर्भिस ल्याउने तयारीमा जुटेको छ । अमेजनले इन्डियन मार्केटमा आउँदो महिनाबाट यस कारोवारमा हात हाल्ने बताइएको छ ।

कम्पनीले बेंगलुरुमा छनोट गरेको रेस्टुरेन्टसँग यसको टेस्ट पनि सुरु गरेको छ । कम्पनीले गएका धेरै त्रैमाशिकदेखि फुड डेलीभरी मार्केटमा काम गरिरहेको छ । यसअघि यसलाई भारतमा दिवालीको बेला लन्च गर्ने तयारी गरिएको थियो ।

यस टेक क्रन्चको रिर्पोटअनुसार अमेजनको यस फुड डेलीभरीको सिधा प्रतिस्प्रर्धा हाल भारतमा रहेका फुड डेलीभरी सर्भिस प्रोभाइडर स्विगी र जोमेटोसँग हुने बताइएको छ । यसअघि भारतमा उबरइट्सले भारतीय अनलाईन फुड डेलीभरी मार्केटबाट बिदा लिएको थियो । उबरले आफ्नो फुड डेलीभरी बिजनेश जोमेटोलाई बिक्री गरेको हो ।

हाल भारतमा स्विगी र जोमेटोले ग्राहकलाई डिस्काउन्टलाई घटाएको अवस्थामा अमेजनले भारतीय फुड डेलिभरी मार्केटमा हात हाल्न थालेको हो ।

अमेजनले इन्फोसिसका सह–सस्थापक एन नारायणमूर्तिको भेन्चर काटामरानसँग पनि हात मिलाएको छ । कम्पनीले फुड डेलीभरी सर्भिस दिनको लागी २ घण्टामा डेलीभरी दिने सप्लाई चेनको साहारा लिएको छ । यस सप्लाई चेनलाई स्थापित गर्नको लागी अमेजनले ठुलो मात्रामा लगानी गरेको छ ।

कम्पनीले शेयर गरेको जानकारीमा ग्राहकहरुको तर्फबाट इनोभेशनमा विश्वास गर्ने र यस प्रतिबद्धता अनुसार आफुहरु ग्राहकहरुसँग जोडिईरहनको लागी नयाँ क्षेत्रहरु र अवसरहरुको खोजीमा सधै रहिरहेको उल्लेख गरिएको छ । हालको समयमा कम्पनीले भारतमा ग्रसरी, इलेक्ट्रोनिक्स देखि लिएर घरेलु प्रोडक्टसँग जोडिएको कारोवार पनि गरिरहेको छ । एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...