शाओमीको एन्ड्रोएड वानमा आधारित एमआई ए३ स्मार्टफोनमा आयो एन्ड्रोएड १० अपडेट

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

शाओमीको एन्ड्रोएड वानमा आधारित एमआई ए३ स्मार्टफोनमा आयो एन्ड्रोएड १० अपडेट
Classic Tech

काठमाडौं । शाओमी एमआई ए३ स्मार्टफोन चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको तेस्रो एन्ड्रोएड वानमा आधारित स्मार्टफोन हो । कम्पनीले आफ्नो एन्ड्रोएड वान स्मार्टफोनको लागी समयमा नै अपडेट रोल आउट गर्ने गर्दछ ।

यद्पी यस पटक भने कम्पनीले एमआई ए३ को लागी समयमा नै एन्ड्रोएड १० अपडेट रोलआउट गर्न ढिलो गरेको छ । कम्पनीको यस स्मार्टफोनमा फरवरी महिना मै एन्ड्रोएड १० को अपडेट पाउनु पर्ने थियो । तर कम्पनीले पहिले नै तय गरेको यस डेडलाईनलाई मिस गरेको हो । तर हाल केहि एमआई ए३ यूजरहरुलाई एन्ड्रोएड १० को अपडेट प्राप्त हुन थालेको छ ।

शाओमीले एक जानकारी शेयर गर्दै एमआई ए३ स्मार्टफोनलाई एन्ड्रोएड १० अपडेट कोरोनाभाईरसको कारणले समयमा नै प्राप्त हुन नसकेको बताएको छ । चीनबाट विश्वभर फैलीएको यस भाइरसको कारणले गर्दा धेरै चिनियाँ कम्पनीहरुले आफ्नो उत्पादन निकै समयका लागी रोक्न परेको थियो । यसैको कारण कम्पनीहरुले आफ्नो प्रोडक्सन रोल म्यापलाई रिशेड्युल गर्न परेको छ । यस भाइरसको कारणले रोकिएको एमआई ए३ को एन्ड्रोएड १० को अपडेट हाल कम्पनीले दिन सुरु गरेको छ ।

एमआई ए३ यूजरहरुले पाईरहेको अपडेट भर्जन भि११.०.७.०.क्युएफक्युएमआईएक्सएम रहेको छ । एमआई कम्युनिटी नोट्सकाअनुसार कम्पनीले चाँडै नै एमआई ए३ स्मार्टफोनको लागी एन्ड्रोएड १० रोलआउट गर्दैछ । शाओमी एमआई ए३ स्मार्टफोनको अपडेट सबैभन्दा पहिले बङ्गलादेशका यूजरहरुले पाउने छन् ।

एमआई ए३ स्मार्टफोन शाओमीको एक एन्ड्रोएड वान स्मार्टफोन हो, जुन स्टक एन्ड्रोएड ९ पाईसँगै आउने गर्दछ । यस स्मार्टफोनमा ६.१ इन्चको एचडि प्लस एमोएलईडि डिस्प्ले रहेको छ जुन वाटरड्रप नोचसँगै पाइने छ । यस स्मार्टफोनमा कम्पनीले इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रदान गरेको छ । पर्फमेन्सको लागी यस स्मार्टफोन अक्टाकोर स्नापड्रयागन ६६५ चिपसेट रहेको छ । यस स्मार्टफोनलाई कम्पनीले दुई भेरियन्टमा लन्च गरेको छ । यसको एक भेरियन्टमा ४जीबी र्याम र ६४जीबी स्टोरेज रहेको छ भने अर्को मा ६जीबी र्याम र १२८जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यस स्मार्टफोनमा कम्पनीले ट्रिपल रियर क्यामरा दिएको छ । यसको प्राईमरी क्यामरा सेन्सर ४८ मेगापिक्सलको रहेको छ । त्यस्तै यसको रियरमा ८ मेगापिक्सलको वाइड एंगल लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सिङ क्यामरा सेन्सर रहेको छ । सेल्फिको लागी यस स्मार्टफोनमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसबाहेक यस स्मार्टफोन मा ४,०३० एमएएचको ब्याट्री रहेको छ जसले यूएसबि टाईप सी १८ वाटको फास्ट चार्जिंगलाई सर्पोट गर्दछ । एजेन्सी

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...