भारतमा अब फ्लाइटमा बसेर पनि इन्टरनेट चलाउन सकिने

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

भारतमा अब फ्लाइटमा बसेर पनि इन्टरनेट चलाउन सकिने

काठमाडौं ।

काठमाडौं । भारतमा विमान यात्रुहरुको लागी अब एक नयाँ सुबिधा उपलब्ध हुने भएको छ । अब भारतमा सञ्चालित विमानहरुमा यात्रा गर्दा फ्लाईटमा नै फेसबुक, ट्विटर जस्ता सुबिधाहरुको लाभ उठाउन सकिने छ । भारत सरकारले भारतमा उडानको बेला वाईफाई सेवाहरु प्रदान गर्नको लागी अनुमती दिएको छ ।

भारतको केन्द्र सरकारले भारतमा संचालित एयरलाईन्सहरुलाई उडानको बेला यात्रुहरुलाई वाईफाई उपलब्ध गराउने मञ्जुरी यहि सोमबार दिएको हो । यसको जानकारी भारत सरकारले एक आधिकारीक सुचना जारी गरेर दिएको हो ।

भारत सरकारले जारी गरेको सुचनामा उडानका बिच ल्यापटप, स्मार्टफोन, ट्याबलेट, स्मार्टवाच, ई–रीडर वा कुनैपनि अन्य उपकरणहरु फ्लाईट मोड वा एयरप्लेन मोडमा रहेमा पाईलटले विमानमा सवार यात्रुहरुको लागी वाईफाईको माध्यमबाट इन्टरनेट प्रयोग गर्न सक्ने अनुमती दिन सक्ने बताइएको छ ।

यसअघि शुक्रवार भारतका एक एयरलायन्स कम्पनीका सिईओले आफ्नो कम्पनीको तर्फबाट बोईङ्ग ७८७–९ विमान डेलीभरी गर्दाको मौका पारेर भारतमा उडानका बिच वाईफाई उपलब्ध गराउने पहिलो विमान सोही बोईङ्ग हुने बताएका थिए । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

ताजा समाचार