राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा “चान्स टु वीन थ्रू अ क्लिक” अभियान विजेतालाई स्कुटर हस्तान्तरण

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा “चान्स टु वीन थ्रू अ क्लिक” अभियान विजेतालाई स्कुटर हस्तान्तरण
Global IME Bank

काठमाडौं ।

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ ।

जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु वीन थ्रू अ क्लिक” अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले “टिभीएस बाइकर्स मेनिया” स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका थिए ।

‘टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौ,’ राकुटेन भाइवरका सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी अनुभव नायरले भने ।

‘हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं । हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं,’ जगदम्बा मोटर्स प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भने ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया