संचार मन्त्री डा. युवराज खतिवडाको राजीनामा, को होला अब नयाँ संचार मन्त्री ?

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

संचार मन्त्री डा. युवराज खतिवडाको राजीनामा, को होला अब नयाँ संचार मन्त्री ?
Classic Tech

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् ।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातदेखि सकिँदैछ । त्यसअघि नै उनले अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

संवैधानिक ब्यवस्थाअनुसार, संसद नरहेको ब्यक्ति मन्त्री हुन पाउँदैन। उनी मन्त्री हुँदा हुँदै संसद पद सकिएकाले राजीनामा गर्नु परेको हो।

संवैधानिक ब्यवस्था अनुसार नै राजीनामापछि पुन मन्त्री बन्न सकिन्छ। संसद नरहेको अवस्थामा पनि फेरि सपथ ग्रहण गरेर ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था छ। धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

अर्को व्यवस्था नभएसम्म उनले सम्हालेका दुबै मन्त्रालय प्रधानमन्त्री के.पी. शर्मा ओलीको सम्हाल्ने गरी राष्ट्रपतिले तोकेकी छिन् ।

स्रोतहरुलाई उल्लेख गरेर आएका रिपोर्टहरुका अनुसार खतिवडाले फेरी पुन: नियुक्ति र सपथ खानेछन् । तर उनले संचार मन्त्रालयको जिम्मेवारी पनि पाउँछन् वा पाउँदैनन भन्ने स्पष्ट जानकारी छैन् ।

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...