भारतीय प्रधानमन्त्रीले फेसबुक, ट्विटर, इस्टाग्राम र यूट्यूब छोड्दै, दिए यस्तो जानकारी

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

भारतीय प्रधानमन्त्रीले फेसबुक, ट्विटर, इस्टाग्राम र यूट्यूब छोड्दै, दिए यस्तो जानकारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सामाजिक संजाल छोड्ने बताएका छन् । उनले सोमबार ट्विट गर्दै सोशल मिडिया छोड्ने बारेमा विचार गरिरहेको बताए ।

‘यो आइतवार म आफ्ना सोशल मिडिया एकाउन्टस फेसबुक, ट्विटर, इस्टाग्राम र यूट्यूब छोड्ने बारेमा विचार गरिरहेको छु, तपाईँहरुलाई यो बारेमा जानकारी दिनेछु, उनले आफ्नो ट्विटर एकाउन्टमा सो लेखेर ट्विट गरे । उनले लेखेको सो ट्विटमा १ लाख भन्दा बढि प्रतिकृयाहरु छन भने १४ लाख बढिले लाइक्स गरेका छन् ।

हाल भारतीय प्रधानमन्त्री मोदीको फेसबुक पेजमा ४४ करोड ७ लाख २३ हजार भन्दा बढि फाइक्स छ भने उनलाई फलो गर्नेहरुको संख्या करिब ४४ करोड ६ लाख छ । त्यसैगरि उनको ट्विटर एकाउन्टलाई ५ करोड ३३ लाखले फलो गरिरहेका छन भने इन्टाग्राममा पनि उनका ३ करोड ५२ लाख भन्दा बढि फलोअर छन्। भारतीय प्रधानमन्त्री मोदीको यूट्यूब एकाउन्टमा भने ४५ लाख सब्सक्राइबरहरु छन् ।

भारतीय प्रधानमन्त्री सामाजिक संजालमा निकै सक्रिय रहने गरेका छन् ।

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...