ब्रोडब्याण्ड इन्टरनेट ब्याण्डविथ न्यूनतम ५ एमबीपिएस बनाउने दूरसंचार प्राधिकरणको योजना

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

ब्रोडब्याण्ड इन्टरनेट ब्याण्डविथ न्यूनतम ५ एमबीपिएस बनाउने दूरसंचार प्राधिकरणको योजना
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ मापदण्डलाई सुधार र संसोधन गर्ने भएको छ । दूरसंचार प्राधिकरणले यसअघि तोकिएको ब्रोडब्याण्ड इन्टरनेटको न्यूनतम मापदण्डलाई समयानूकुल सुधार गर्दै न्यूनतम ५ एमबीपिएस बनाउने भएको हो ।

दूूरसंचार प्राधिकरणले अहिलेको न्यूनतम ब्रोडब्याण्डको स्पीड ५१२ केबीपिएसलाई समयसापेक्ष बनाउने उद्धेश्यका साथ त्यसलाई संसोधन गर्ने तयारी गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिँदै ब्रोडब्याण्ड नीति २०७१ बमोजिमको ब्याण्डविथमा संसोधन गर्नेगरि ५ एमबीपिएसमा नेटवर्क बिस्तार गर्ने बताए ।

‘हालको सन्दर्भमा नपुग भएको जनगुनासो क्वालिटी मेजरमेन्टका क्रममा देखा परेकाले कम्तिमा ५ एमबीपिएस ब्याण्डविथ उपलब्ध हुनेगरी नेवटर्क बिस्तार गर्ने र आम उपभोक्ताहरुले सहुलियत दरमा इन्टरनेट सेवा उपभोग गर्न पाउने व्यवस्था गर्ने तर्फ कार्यरत रहेका छौं,’ अध्यक्ष खनालले भने ।

उनले नेपालबाट समुन्द्रसम्म इन्टरनेट पुर्याउने तयारी भईरहेको जानकारी दिए । त्यसैगरि नेपालमा भित्रने इन्टरनेट ब्याण्डविथका तातोपानी नाकाबाट समेत ल्याउने प्रयास भईरहेको जानकारी दिए । अध्यक्ष खनालले अन्तराष्ट्रिय ब्याण्डविथ दस्तुरमा कमी हुँदै हाल ५ एमबीपिएससम्ममा आयात भईरहेको र इन्टरनेटको महशुल दर सस्तो हुँदै गएको बताए ।

यसबाहेक नेपालमा आउने इन्टरनेट ब्याण्डविथको लागि भारतीय मार्गहुँदै ल्याउनको लागि रिलायन्स कम्युनिकेशन्स प्रालि र सिफी टेक्नोलोजिज लिमिटेडबाट समेत आयात गर्न सहजिकरण गरिएको जानकारी दिए ।

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...