सामसङ ग्यालेक्सी ए ४१ मा ट्रिपल रियर क्यामरा सेटअप, यस्तो डिजाइनमा आउनेछ

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

सामसङ ग्यालेक्सी ए ४१ मा ट्रिपल रियर क्यामरा सेटअप, यस्तो डिजाइनमा आउनेछ
Classic Tech

काठमाडौं । सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए४१ को बारेमा पनि अब लीकहरु आउन सुरु भएको छ । कम्पनीको यस फोन ग्यालेक्सी ए सीरीजको मिड रेन्ज स्मार्टफोनको रुपमा सार्वजनिक हुने छ ।

हालै आएको एक लीक तस्वीरमा यस फोनको डिजाइनको झलक पनि देखिएको छ । ग्यालेक्सी ए४१ लीक एक हाई रेज्योल्युशन रेन्डर हो, जहाँ स्मार्टफोनको डिजाइन मात्रै नभई यसका प्रमुख स्पेसिफिकेशनहरुको पनि अनुमान लगाउन सकिन्छ ।

सामसङले गएको वर्षको डिसेम्वरमा ग्यालेक्सी ए५१ र ए७१ लाई लन्च गरेको थियो भने हाल ग्यालेक्सी ए११, ग्यालेक्सी ए२१ र ग्यालेक्सी ए४१ का बिभिन्न जानकारीहरु आईरहेका छन् । जसबाट कम्पनीले चाँडै नै यी फोनहरुलाई लन्च गर्न सक्ने अनुमान लगाइएको छ । ग्यालेक्सी ए४१ को लीक भएको रेन्डरमा फोन इन्फिनिटी यू डिस्प्लेसँगै लन्च हुन सक्ने देखाईएको छ । त्यस्तै फोनमा ट्रिपल रियर क्यामरा रहेको जानकारी पनि रहेको छ ।

सामसङको यस रेन्डरलाई टिप्स्ट्रर वानलिक्ससँग मिलेर प्राइसबाबाले सार्वजनिक गरेको हो । रेन्डरअनुसार फोनमा इन्फिनिटी यू डिस्प्ले र यसको चारैतिर पातलो बेन्जल हुने छ । फोनको तल्लो साइडमा सानो ‘चिन’ हुनेछ र ब्याकमा ट्रिपल रियर क्यामरा सेटअप रहने छ । फोनको ब्याक प्यानलको माथिल्लो बायाँतर्फ क्यामरा आयताकार आकारमा रहेको छ ।

रेन्डर अनुसार फोन ग्लसी ह्वाइट र म्याट ब्ल्याक फिनिशसँगै लन्च हुने छ र यो एज मेटलबाट बनेको हुनेछ । ग्यालेक्सी ए४१ मा ३.५ एमएम अडियो ज्याक, यूएसबी, पोर्ट टाइप सी र स्पिकर ग्रिल तल्लो भागमा रहने छ भने पावर र भोल्युम बटन दायाँ किनारमा सेट रहेको हुने छ ।

स्पेशिफिकेशनको कुरा गर्दा, टिप्सटरले यस स्मार्टफोनमा ६ देखि ६.१ इन्चको डिस्प्ले रहने दाबी गरेका छन् । यस बाहेक फोनको रियरमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामरा रहने छ । अरु दुई क्यामराको बारेमा टिप्सटरले केहि जानकारी दिएका छैनन । त्यस्तै रेन्डरमा फोनको ब्याकमा कुनैपनि प्रकारको फिंगरप्रिन्ट सेन्सर देखिएको छैन । यसबाट कम्पनीले फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राख्न सक्ने देखिन्छ । त्यस्तै यस रेन्डरले फोनको डाईमेन्शन १५०×७०×७.९ एमएम हुन सक्ने देखाएको छ र क्यामरा बम्पको वरिपरी जम्मा मोटाई ८.९ एमएम हुन सक्ने देखाएको छ ।

यसअघि आएको लीक अनुसार यो स्मार्टफोन एन्ड्रोएड १० मा आधारित वान यूआई मा संचालन गर्दछ । यस स्मार्टफोनमा ४जीबी र्याम रहने छ र मिडियाटेक हेलियो पि६५ अक्टाकोर प्रोसेसर रहने छ । यसबाहेक ग्यालेक्सी ए४१ मा ३,५०० एमएएचको पावरको ब्याट्री रहन सक्ने छ । एजेन्सी

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

Comments are closed.

Loading...