चीनमा कोरोनाभाईरसको कारणले जनवरीमा स्मार्टफोन शिपमेन्टमा ४० प्रतिशतको कमी

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

चीनमा कोरोनाभाईरसको कारणले जनवरीमा स्मार्टफोन शिपमेन्टमा ४० प्रतिशतको कमी

काठमाडौं ।

काठमाडौं । चीनबाट सुरु भएको कोरोनाभाईरसको कारण हाल विश्वभर कै टेक इन्डस्ट्रिको हालत निकै खराव भईरहेको छ।

कोरोनाभाईरसको कारणले विभिन्न देशमा हुने भनिएका इभेन्टहरु धमाधम क्यान्सिल भईरहेका छन । यसले चीनको मोबाइल प्रोडक्सनमा पनि ठुलो प्रभाव पारेको छ । जसको कारणले स्मार्टफोन मेकर कम्पनीहरु आफ्नो सेल्सको अनुमानलाई पनि घटाईरहेका छन्।

चीन सरकार मातहत रहेर काम गर्ने रिसर्च इन्स्टिच्युट चाईना एकेडेमी अफ इन्फरमेशन एन्ड कम्यूनिकेशन टेक्नोलोजी (सिएआईसीटि) का अनुसार चीनमा कोरोनाभाईरसको कारणले स्मार्टफोन मेकर कम्पनीहरुको प्रोडक्शनमा गिरावट देखिएको छ । सिएआईसीटीको रिर्पोटमा कोरोनाभाईरसको कारणले चीनमा जनवरीमा फोनको शिपमेन्टमा ३८.९ प्रतिशतको कमी देखिएको जानकारी रहेको छ । यी मध्ये चाईनीज ब्रान्डका फोनमा ४२ प्रतिशतले कमी आएको हो ।

यस रिर्पोटमा चीनमा जनवरी महिनामा ३४ नयाँ मोबाईल फोनहरु लन्च भएको उल्लेख छ । नयाँ लन्च भएका फोनहरु मध्ये ८ फोनहरु २जी, १८ फोनहरु ४जी र ८ फोनहरु ५जी रहेका छन् । गिज्मोचाईनाको एक रिर्पोटमा चीनमा फोनहरुको शिपमेन्टमा आएको यस गिरावटको मुख्य दुई लुनर न्यू ईयर र कोरोनाभाईरस कारणहरु रहेका उल्लेख गरिएको छ। कोरोनाभाईरसको कारण चीनमा चार स्मार्टफोनको उत्पादन प्लान र सँगसँगै ब्रिक एण्ड मोर्टार स्टोरहरुपनि बन्द रहेका छन ।

कोरोनाभाइरसको कारण देखाउदै कयौँ रिसर्च फर्महरुले चीनमा स्मार्टफोन मार्केटमा पहिलो त्रैमाशिकमा गिरावट आउने अनुमान लगाएका छन । इन्टरनेशन डाटा कर्पोरेशन (आईडिसी) र स्ट्रयाटेजी एनालाईटिक्सका अनुसार चीनमा पहिलो त्रैमाशिकमा स्मार्टफोनको शिपमेन्टमा ३० प्रतिशत सम्म कमी हुन सक्ने छ ।

यसअघि नै विश्व कै मस्ट भ्यालुएबल टेक कम्पनी एप्पलले आफ्नो पहिलो त्रैमाशिकको रेभेन्यु टार्गेटलाई घटाएको छ । त्यस्तै फेसबुकले पनि ओक्युलस क्वेस्ट भर्चुअल रियालिटी ह्यान्डसेटको प्रोडक्शनको दरलाई कम गरेको छ । विश्वभरिको टेक कम्पनीहरु एप्पल, अमेजन, फेसबुक, गूगल र माईक्रोसफ्टले आफ्ना कर्मचारीहरुलाई चीन जानमा रोक लगाएका छन । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार

ताजा समाचार