Technology Khabar १९ फाल्गुन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले टिकटक एप ज्वाइन गरेको छ । यस एपको माध्यमबाट डब्लुएचओले कोरोनाभाईरसको बारेमा जनचेतना जगाउने खालका भिडियोहरु पोस्ट गर्ने छ ।
डब्लुएचओले हालैमा आफ्नो टिकटक एकाउन्टमा दुईवटा भिडियोहरु पनि पोस्ट गरेको छ । यस भिडियामा डब्लुएचओले कोरोनाभाइरसबाट बच्ने तरिका बताएको छ । यस बाहेक भिडियोमा कसरी मास्क लगाउने, कसरी भाइरसबाट सावधानी अपनाउने जस्ता धेरै तरिकाहरु र उपायहरुको बारेमा चर्चा गरिएको छ ।
टिकटकमा अकाउन्ट बनाउँदा डब्लुएचओको १ लाखभन्दा धेरै फलोअरहरु र ३०,००० लाईक्स भएको छ । टिकटक ज्वाइन गर्दा डब्लुएचओले आफुहरु टिकटकमा आईसकेको र अब संगठनले विश्वसनिय र समयमा नै सार्वजनिक स्वास्थ्य सल्लाह दिने बताएको छ ।
हाल विश्वभरबाट यसै भाइरसको कारणले ज्यान गुमाउनेको संख्या ३,००० भन्दा माथि पुगेको छ भने यसबाट करिव ८६ हजार मानिसहरु संक्रमित रहेका विभिन्न रिपोर्टहरुमा उल्लेख छ।
हालैमा विश्व स्वास्थ्य संगठनले यस रोगलाई कोभिड–१९ नाम दिएको छ । एजेन्सी
प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार