लाईसेन्स बिना नै चलाउन सकिने सिट्रोएन एमी इलेक्ट्रिक कार लन्च

Technology Khabar १९ फाल्गुन २०७६, सोमबार

लाईसेन्स बिना नै चलाउन सकिने सिट्रोएन एमी इलेक्ट्रिक कार लन्च
Classic Tech

काठमाडौं । सिट्रोएनाले आफ्नो छोटो इलेक्ट्रिक कार एमी लन्च गरेको छ । यस कारलाई कम्पनीले गएको वर्ष कन्सेप्ट को रुपमा देखाएको थियो । कम्पनीले यस कारलाई पेरिसमा लन्च गरेको हो । र यो कार हाल फ्रान्सभर उपलब्ध रहेको छ ।

एमी मात्रै २.४१ मिटर अर्थात ७ फिट ११ इन्च लामो रहेको छ । कम्पनीले यसलाई कार नभनी क्वाडसाइकल भएको बताएको छ । यो कार नभएकाले यसलाई बच्चाहरुले पनि चलाउन सक्नेछन् ।

कम्पनीले यस क्वाडसाईकललाई चलाउन कुनै पनि प्रकारको लाईसेन्सको आवश्यकता नरहेको र यसलाई १४ वर्षदेखि १६ वर्षसम्मका बच्चाहरुले पनि चलाउन सक्ने बताएको छ । कम्पनीले यसलाई बेचिरहेको भएपनि यसलाई स्कुटर तथा अन्य माइक्रो मोबिलिटीको जसरी नै रेन्टमा लिन पनि सकिने छ । कम्पनीले यसलाई मिनेटको हिसावले वा मासिक दुबै तरिकाले रेन्टमा लिन सकिने बताएको छ ।

कम्पनीको यस कारलाई २,६४४ युरो शुरुवाती भुक्तान गरिसकेपछि १९.९९ डलर प्रति महिनाको चार्जमा ग्राहकहरुले घरमा लान सक्ने छन । त्यस्तै यसलाई ०.२६ यूरो प्रति मिनेटको चार्जमा प्रयोग गर्न पनि सकिने छ ।electric vehicle

यदि प्रयोगकर्ताले यसलाई तत्कालै किन्न चाहेमा यस इलेक्ट्रिक क्वाडसाईकललाई ६ हजार यूरोमा किन्न सक्दछन । जसपश्चात यो कार सिधै प्रयोगकर्ताको घरमा डेलिभर गरिने छ । कम्पनीको यस कार ४५ किलोमिटर प्रति घन्टाको टप स्पिडमा कुद्न सक्दछ ।

कम्पनीको दाबीअनुसार यस कारमा ७० किलोमिटर सम्मको रेन्ज मिल्दछ । अर्थात यस कारलाई एक पटकको चार्जमा ७० किलोमिटरसम्म कुदाउन सकिने छ ।

यस क्वाडसाईकलमा ५.५ किलोवाटको ब्याट्री रहेको छ । ब्याट्री सानो भएको कारणले प्रयोगकर्ताले यसलाई २२० भेल्टको आउटलेटबाट पनि चार्ज गर्न सक्दछन । एजेन्सी

प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...