शाओमीद्वारा रेडमी ८ए डूअल स्मार्टफोन नेपालमा सार्वजनिक, डूअल रियर क्यामरा सेटअप

Technology Khabar १९ फाल्गुन २०७६, सोमबार

शाओमीद्वारा रेडमी ८ए डूअल स्मार्टफोन नेपालमा सार्वजनिक, डूअल रियर क्यामरा सेटअप
Classic Tech

काठमाडौं । शाओमीले रेडमी ए सिरिजको अर्को पुनरावृत्ति– नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामरा भएको रेडमी ८ए डूअल स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले ‘रेडमी ८ए डूअल: देशको दमदार स्मार्टफोन’ स्लोगनसहित नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको हो ।

रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्ने कम्पनीको दाबी छ ।

६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९:९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चार्जिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ ।Xiaomi Redmiपर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबीसम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।
रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कोर्निग गोरिला ग्लास ५ र पी२आई न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्ने कम्पनीले जानकारी दियो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउन निरन्तर केन्द्रित छौं । सन् २०१९ मा शाओमीको वृद्धिका लागि रेडमी ६ए र रेडमी ८ए ले उल्लेखनिय योगदान पुर्याउँदै रेडमी ए सिरिज नेपालमा निकै महत्वपूर्ण स्मार्टफोन सिरिज साबित भएको छ।’

नेपाली बजारमा रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

३ जीबी प्लस ३२ जीबी भेरियन्ट रु १२,९९९ मा १९ फागुनबाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार

Comments are closed.

Loading...