Technology Khabar १९ फाल्गुन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । सामसङ, शाओमी, एप्पल र अमेजनका डिभाइस यूजरहरुको डाटाको जासूसी गर्न सकिने रिपोर्ट सार्वजनिक भएको छ । हालैमा आएको एक रिर्पोटमा वाईफाई नेटवर्कको माध्यमबाट पठाईने र पाईने डाटाबाट यी यूजरहरुको जासुसी गरिँदै आएको उल्लेख गरिएको छ ।
केआर००के नामक गडबढिका कारण वाईफाई नेटवर्क सेक्योरिटी लाई ह्याकरहरुले सजिलै बाईपास गर्न सक्दछन । रिसर्चरहरुले बताए अनुसार केआर००के–सिभिई–२०१९–१५१२६ यूजरको वाईफाई नेटवर्कको एनक्रिप्शन भित्र छिरेर डिभाईसहरुलाई नोक्सान पुर्याउने गर्दछन । यस खतराको बारेमा साइबर सेक्योरिटी फर्म ईसेटले जानकारी दिएको हो ।
यसको सबैभन्दा धेरै नोक्सान ब्रोडकम र साईप्रेश ले तयार पारेको चिप्स लागेको डिभाईसहरुमा रहेको छ । यसलाई शाओमी, सामसङ तथा एप्पलको डिभाईसहरुमा प्रयोग गर्ने गरिन्छ । हालसम्म यसले नोक्सान पुर्याएको डिभाईसहरुमा शाओमी रेडमी ३एस, एप्पल म्याकबुक एयर रेटिना (१३ इन्च २०१८), अमेजन किन्डल ८औं पुस्ता, अमेजन इको सेकेन्ड जेनेरेशन र एप्पल आइप्याड २ सामेल रहेको छ ।
यस सेक्योरिटी ब्रिचबाट रास्पबेरी पाई ३, आइफोन ६, आइफोन ६एस, आइफोन ८ र आइफोन एक्सआरसँगै गूगलको नेक्सस ५, नेक्सस ६, नेक्सस ६एस, र सामसङको ग्यालेक्सी एस४ र एस८ पनि प्रभावित भएका छन ।
वाईफाई नेटवर्कको लागी आएको यस नयाँ खतराबाट यूजरहरुको पर्सनल डाटा चोरी हुन सक्दछ । यसको माध्यमबाट ह्याकरहरुले यूजरहरुले कहिले के र कुन वेबसाइट भिजिट गरे भन्ने थाहा पाउन सक्दछन्। तर यसमा राहतको कुरा यो होकी वाईफाई नेटवर्कमा भएको प्राईभेट कम्युनिकेशनलाई वेबसाइटहरुले आफ्नो एनक्रिप्शनबाट सेक्योर गर्ने गर्दछन्। एजेन्सी
प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार