Technology Khabar १८ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले एक फ्युचरिस्टिक स्मार्टफोन पेश गरेको छ । यो कम्पनीको भीभो एपेक्स २०२० कन्सेप्ट स्मार्टफोन हो । २०१८ देखि नै कम्पनीले कन्सेप्टको रुपमा एपेक्सलाई पेश गरिरहेको छ ।
यस पटक कम्पनीले हालसम्मको इनोभेटिभ टेक्नोलोजी रहेको यस स्मार्टफोन शोकेश गरेको हो । यस स्मार्टफोनमा १६ मेगापिक्सेलको इन डिस्प्ले सेल्फि क्यामरा रहेको छ । स्मार्टफोनको डिस्प्लेमा कुनैपनि प्रकारको नच र पप-अप सेल्फि रहेको छैन ।
भीभो एपेक्स २०२० मा एउटा पनि बटन रहेको छैन । खास कुरा यस स्मार्टफोनमा ६० वाटको फास्ट वायरलेस चार्जिंगको पनि सर्पोट रहेको छ जुन सामान्य रुपमा कुनैपनि स्मार्टफोनमा देख्न पाईदैन ।
भीभो एपेक्स २०२० मा ६.४५ इन्चको फुलभ्यू डिस्प्ले रहेको छ र यो १२० डिग्री कर्व्ड रहेको छ अर्थात यसको साइडबाट स्क्रिन मोडिएको छ जसलाई पहिले वाटर फल डिस्प्लेको नामबाट पेश गरिएको थियो ।
यस स्मार्टफोनमा ५एक्स–७.५एक्स जुम रहने क्यामरा रहेको छ । यसमा भिडियो रेर्कडिंग बिना गिम्बल प्रयोग गर्न सकिन्छ किनभने यसमा स्टेब्लाईजिंग टेक्नोलोजी प्रदान गरिएको छ ।
कम्पनीले यसमा १६ मेगापिक्सेलको मोड्युल ६.२ एमएमको रहेको र यसमा पेरिस्कोप डिजाइन रहेको बताएको छ । फोनको क्यामरा मोड्युल स्ट्रक्चर गिम्बल जस्तो रहेको छ र यसमा ४८ मेगापिक्सेलको प्राईमरी क्यामरा रहेको छ । कम्पनीले यसलाई ट्रेडिशन अप्टिकल इमेज स्टेब्लाईजेशन (ओआईएस) को तुलनामा २०० प्रतिशत राम्रो हुने दाबी गरेको छ ।
कम्पनीले यसमा रहेको ६० वाटको फास्ट वायरलेस चार्जिगं सर्पोटको सहयोगमा मात्रै २० मिनेटमा २,००० एमएएचको ब्याट्री चार्ज गर्न सकिने दाबी गरेको छ । स्मरण रहोस हाल प्रचलनमा रहेका वायररेवल चार्जिंगले पनि सामान्य रुपमा यत्तिको स्पिडमा फोन चार्ज गर्दैन । यद्पी कम्पनीले यस स्मार्टफोनको ब्याट्री कति पावरको छ भन्ने हालसम्म बताएको छैन ।
भीभो एपेक्स २०२० मा ५जी सर्पोट रहेको छ । यस स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर रहेको छ । यसमा १२ जीबी र्याम र २५६जीबी इन्टरनल स्टोरेज पाईने छ । यस स्मार्टफोन एन्ड्रोएड १० मा काम गर्दछ । र यसलाई ब्ल्याक र ह्वाइट कलर भेरियन्टमा पेश गरिएको छ ।
कम्पनीले एक फ्यूचरिस्टिक स्मार्टफोन लन्च गरेको भएपनि हालसम्म यसको मुल्य र यसको उपलब्धताको बारेमा कुनै जानकारी रहेको छैन । यस स्मार्टफोनलाई कहिले मार्केटमा देखिने छ भन्नेमा पनि कम्पनीले केहि बताएको छैन । एजेन्सी
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार