भारतमा एजीआर बिबाद, मोबाइल अपरेटर एयरटेलले बुझायो सरकारलाई ८ हजार ४ करोड भारु

Technology Khabar १८ फाल्गुन २०७६, आईतवार

भारतमा एजीआर बिबाद, मोबाइल अपरेटर एयरटेलले बुझायो सरकारलाई ८ हजार ४ करोड भारु
Classic Tech
काठमाडौं । भारतीय टेलिकम कम्पनी एयरटेलले भारत सरकारलाई एडजस्टेड ग्रस रेभेन्यू (एजीआर) बक्यौताको थप एक किस्ता तिरेको छ । एयरटेलले यसपटक भारत सरकारलाई ८,००४ करोड भारु बुझाएको हो ।
यसअघि नै एयरटेलले भारत सरकारलाई एजीआर वापतको १० करोड भारु भुक्तान गरिसकेको छ । यसबाट एयरटेलले आफुले भारत सरकारलाई बुझाउनु पर्ने कुल रकम ३६ हजार करोड भारु मध्येको १८,००३ करोड भारु भुक्तान गरेको छ ।
 
हालै मुडिज इन्भेस्टर सर्भिसले भारती एयरटेलमा भरोसा देखाउदै कम्पनीसँग ५ अर्व डलर बक्यौता चुक्ता गर्न सक्ने आर्थिक क्षमता रहेको जनाएको छ । मुडिजले नगद भुक्तानबाट कम्पनीको कर्जाको गुणस्तरमा कुनै प्रभाव नपर्ने पनि उल्लेख गरेको छ ।
 
वास्तवमा एयरटेलसँगै भारतको सबै टेलिकम कम्पनीहरुमा करिब १.४७ लाख करोड भारुको एजीआर बक्यौता भुक्तानको लागी बाँकी रहेको छ । यसमा भोडाफोन आईडिया माथि ५३ हजार करोड, टाटा टेलीसभिसेज माथि १३,८०० करोड, बिएसएनएल माथि ४,९८९ करोड र एमटीएनएल माथि ३,१२२ करोड भारु बक्यौता रहेको छ । यस बक्यौतामध्ये भोडाफोन आईडियाले ३,५०० करोड भारु भुक्तान गरिसकेको छ । भारतको सञ्चार मन्त्रालयको दुरसञ्चार विभागले टेलिकम कम्पनीबाट लिने लाईसेन्स शुल्क र यूजेज शुल्कलाई एजीआर भन्ने गरिन्छ।
यसैबिच, टेलिकम कम्पनीहरुको डिजिटल सञ्चार आयोग (डिसीसी) को तर्फबाट टेलीकम कम्पनीहरुलाई कुनैपनि प्रकारको राहत प्रदान गरिएको छैन । वास्तवमा गत शुक्रवार बसेको डिसीसीको बैठकमा निकै ठुलो संकटबाट गुर्जिरहेका टेलिकम कम्पनीहरुलाई राहत प्रदान गर्ने बारेमा निर्णय लिन सक्ने अनुमान लागाईएको थियो । एजेन्सी

प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...