ओपो स्मार्टवाचको तस्विर सार्वजनिक, डिजाइन एप्पल वाचबाट प्रभावित, अनलक गर्न पासवर्ड

Technology Khabar १८ फाल्गुन २०७६, आईतवार

ओपो स्मार्टवाचको तस्विर सार्वजनिक, डिजाइन एप्पल वाचबाट प्रभावित, अनलक गर्न पासवर्ड
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोको अपकमिंग स्मार्टवाचको तस्विरहरु अनलाईनमा लीक भएको छ । लीक ईमेजमा यसको डिजाइन डिटेल्स र अपकमिंग वाचको जानकारी पनि सार्वजनिक भएको छ ।

वाचमा ब्याट्री, पासवर्ड समेल मल्टिफंग्शन बटनको अप्शन रहने छ । यसअघि आएको टिजर इमेजमा यसको डिजाइन निकै हदसम्म एप्पल वाचबाट प्रभावित रहेको बताईको थियो । यसमा कर्व्ड ग्लास स्क्रिन र ३डि ग्लास प्रोटेक्शनसँगै एनालग वाच जस्तो वाचफेस रहने छ ।

पपुलर वीबो साइटमा टिप्स्टर डिजिटल च्याट स्टेशनले ओपोवाचको फोटो शेयर गरेका थिए । यसलाई कम्पनीले ओपो फाइड एक्स २ सँगै ६ मार्चमा लन्च गर्न सक्ने छ । वाचमा सेटिंग पेज खुला रहेको छ । यसमा मल्टिफंग्शन बटनको अप्शन रहेको छ, जसअनुसार यसमा रहेको फिजिकल बटनलाई आफ्नो उपयोगिताको हिसाबले कस्टमाइज गर्न सकिन्छ ।

यसमा पासवर्ड अप्शन पनि रहेको छ, जसबाट यूजरले वाचलाई अनलक गर्न सक्ने छन । यसलाई अनलक गर्नको लागी पासवर्ड, पिन, वा प्याटर्नको अप्शन हुन सक्ने अनुमान लगाईएको छ ।

लीक फोटोमा ओपो स्मार्टवाचको डिजाइन कम्पनीले जारी गरेको टिजरमा जस्तै देखिएको छ । इमेज अनुसार यसमा सिलिकन ब्यान्ड हुन सक्ने अनुमान लगाइएको छ । यसअघि ओपोका भाईस प्रेसिडेन्ट ब्रायन शेनले ओपो वाचको इमेच शेयर गरेका थिए । यसमा वाचमा गोल्ज कलरमा मेटल एज र क्रिम कलरको सिलिकन स्ट्रेप रहेको थियो ।

यसवाहेक यसको साइडमा दुईवटा फिजिकल बटन रहेको थियो । फोटोसँगै शेनले यसवाचलाई यसै वर्ष लन्च गर्न सकिने पनि बताएका थिए । एजेन्सी

प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...