Technology Khabar १८ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । हालै आफ्नो सम्पूर्ण फेसियल रिकोग्निसन डाटाहरु ह्याक भएको घोषणा गरेको स्टार्टअप कम्पनी क्लियरभ्यू एआईको आइफोन एपलाई एप्पलले ब्लक गरेको छ ।
एप्पलले आफ्नो प्लेटफर्ममा सो कम्पनीको एपलाई प्रयोग गर्नबाट रोक्न ब्लक गरेको हो ।
एप्पलले सो ब्लक गरिएको जानकारी सहि भएको भन्दै स्टार्टअपले इन्टरप्राइज डेभलपर प्रोग्रामको शर्तहरु उलंघन गरेको टेक क्रन्चको रिपोर्टमा उल्लेख छ ।
सो एपले यूजर्सहरुलाई उनीहरुको फोन क्यामरा वा फोटोहरु सर्च डाटाबेसमा अपलोड गर्न अनुमति दिने गर्दछ, र जून केबल कानून लागू गराउने अधिकारीहरुले मात्र प्रयोग गर्ने गरेको दाबी गर्दछ । सो क्लियरभ्यूको प्लेटफर्ममा ३ अर्ब भन्दा बढि फोटोहरु रहेका छन् ।
गएको बुधबार मात्रै कम्पनीले आफ्नो सम्पूर्ण डाटाहरु ह्याकरले लगेको र आफ्नो क्लाइन्ट लिस्ट नै चोरी भएको घोषणा गरेको थियो ।
यसअघि कम्पनीले सामाजिक संजालहरुबाट पनि प्रयोगकर्ताहरुको तस्विर लिने गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।
सो एप हाल आइफोन एप स्टोरमा सार्बजनिकरुपमा शेयर गर्न नमिल्ने किसिमको भएको चेतावनीसहित स्टोरेजमा राखिएको छ ।
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार