प्रयोगकर्ताको लोकेसन डाटा दूरुपयोगमा अमेरिकी क्यारियरहरुलाई २० करोड डलर जरिवाना

Technology Khabar १८ फाल्गुन २०७६, आईतवार

प्रयोगकर्ताको लोकेसन डाटा दूरुपयोगमा अमेरिकी क्यारियरहरुलाई २० करोड डलर जरिवाना
Classic Tech

काठमाडौं । अमेरिकी फेडरल कम्युनिकेशन्स कमिसन (एफसिसि)ले शुक्रबार चार प्रमुख अमेरिकी वायरलेस क्यारियर कम्पनीहरुलाई २०० मिलियन डलर जरिवाना गर्ने प्रस्तावलाई पारित गरेको छ ।

टेलिकम तथा टेक्नोलोजीको नियनकारी निकाय एफसिसिले ग्राहकहरुको लोकेसन इन्फर्मेसनलाई सुरक्षित गर्न असफल भएको भन्दै चार ठूला अपरेटरहरुलाई जरिवाना गर्ने प्रस्ताव गरेको हो ।

एफसिसिले टी मोबाइल यूएस इंकलाई ९ करोड १० लाख डलर भन्दा अधिक, एटी एण्ड टी इंकलाई ५ करोड ७० लाख, भेरिजोन कम्युनिकेशन्स इंकलाई ४ करोड ८० लाख डलर र स्प्रीन्ट कर्पलाई १ करोड २० लाख डलर भन्दा बढि जरिवानाको प्रस्ताव गरेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

टी मोबाइलले भने सो जरिवानामा विचार विमर्श गर्ने बताएको छ । उले आफ्नो लोकेसन एग्रीगेटर प्रोग्रामलाई थर्ड पार्टिहरुले दूरुपयोग गरेको र तत्काल एक्सन लिएको बताएको छ ।

यो प्रस्तावित जरिवानाको विरुद्धमा क्यारियरहरुले सो प्रस्ताव अन्तिमरुप दिनुभन्दा पहिले चुनौती दिन सक्नेछन् ।

एफसिसिका चेयरम्यान अजित पाईले भने अमेरिकन उपभोक्ताहरुलाई सुरक्षित गर्न यो निर्णय गरिएको बताए ।

एफसिसिले सन् २०१८ मा एउटा वेबसाइटको अनुसन्धान गर्दा मोबाइल फोन ग्राहकहरुको लोकेसन ट्र्याक गर्न दिने अनुमति दिएको पत्ता लागेको थियो ।

क्यारियरहरुले लोकेसन डाटाको प्रयोगको अनुमति रोडसाइड असिस्टेन्ट, लोजिस्टिक, मेडिकल इमर्जेन्सी अलर्ट सर्भिसेजल ह्यूमन ट्राफिकिङ्ग अलर्ट र फ्रड प्रिभेन्सनलगायतका कार्यक्रमहरुका लागि दिने गर्दछन् ।

प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार

Comments are closed.

Loading...