Technology Khabar १८ फाल्गुन २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । अमेरिकी ईकमर्श कम्पनी अमेजनले हालै कोरोनाभाइरसबाट बचाउने दाबी गरिएका एक अर्ब भन्दा बढि सामाग्रीहरुलाई आफ्नो अनलाइनमा प्रतिबन्ध लगाएको छ ।
अनलाइन रिटेलर कम्पनीले बेईमान बिक्रेताहरुबाट बिक्रीका लागि थप मूल्य जोडेर राखिएको दशौं हजार उत्पादनहरु समेत हटाएको छ ।
यसअघि विश्व स्वास्थ्य संगठनले अमेजनमा लिस्टिङ्ग भएका भ्रामक सामाग्रीहरुको बारेमा चासो राखेको थियो जसमा नक्कलि उपचार पनि समावेश थियो ।
कोभिड १९ कोड नाम दिईएको सो भाइरसले विश्वभर २,८०० मानिसहरुको मृत्यु भईसकेको छ ।
डब्लूएचओले नक्कली कोरोनाभाइरस दाबीहरुले गर्दा अनलाइनमा मानिसहरुलाई भ्रम सिर्जना भएको बताएको थियो भने टेक जायन्टहरुलाई भ्रामक सूचनाहरु रोक्न आग्रह गरेको थियो । बीबीसी
*हेडलाइन सम्पादन
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार