भारतीय टेलिकम भोडाफोनद्धारा बक्यौता भुक्तान गर्न १८ वर्ष समयावधि माग

Technology Khabar १७ फाल्गुन २०७६, शनिबार

भारतीय टेलिकम भोडाफोनद्धारा बक्यौता भुक्तान गर्न १८ वर्ष समयावधि माग
Classic Tech

काठमाडौं । भारतीय टेलिकम कम्पनी भोडाफोन आईडियाले मोबाइल डाटा शुल्क बढाएर न्युनतम ३५ भारतीय रुपैयाँ प्रति जीबी तय गर्न माग गरेको छ । यो शुल्कदर भारतमा हालको भन्दा ८ गुणा बढि हो । यसको साथै कम्पनीले एक निर्धारित मासिक शुल्कसँगै कल सेवाहरुको लागी पनि ६ पैसा प्रतिमिनेटको दर तय गर्न माग गरेको छ ।

कम्पनीले आफुलाई एजीआर बक्यौता भुक्तान गर्न सक्षम हुनको लागी र कारोबारलाई परिचालन योग्य बनाउनको लागी आउँदो अप्रिलबाट भारतमा यो दर लागू गर्न आवश्यक रहेको बताएको छ ।

आधिकारीक स्रोतहरुलाई उल्लेख गरेर आएका रिपोर्टहरुकाअनुसार कम्पनीले एजीआर बक्यौता भुक्तान गर्नको लागी १८ वर्षको समयावधि माग गरेको छ । यसको साथै कम्पनीले यसको ब्याज तथा जरिवाना भुक्तानमा तीन वर्षको छुट पाउनु पर्ने पनि बताएको छ ।

भारतको सुप्रिम कोर्टको आदेश अनुसार भोडाफोन आईडियाले ५३ हजार करोड भारु एजीआर बक्यौता बुझाउन बाँकी रहेको छ । कम्पनीले हालसम्म भारतीय दुरसञ्चार विभागलाई ३,५०० करोड भारु भुक्तान गरेको छ ।

भारतका एक अधिकारीले भोडाफोन आइडिया कम्पनी चलाई राख्नको लागी सरकारसँग कयौँ माग गरेको जनाएका छन । कम्पनीले १ अप्रिल २०२० बाट मोबाइलको डाटा शुल्क न्युनतम ३५ भारु हुनुपर्ने र न्युनतम ५० रुपैयाँ मासिक कनेक्शन शुल्क निर्धारण गर्नुपर्ने माग राखेको उनले जनाएका छन । उनले यी निकै कठिन मागहरु भएको र भारत सरकारले यसलाई स्विकार गर्न निकै कठिन हुने पनि बताए ।

रिपोर्टहरुका अनुसार कम्पनीले कल शुल्कलाई ६ पैसा प्रतिमिनेट गर्न माग गरेको छ । कम्पनीले यो माग भारतमा पछिल्लो तीन महिनाभित्र यसअघि नै ५० प्रतिशतसम्म मोबाइल सेवा शुल्क बढेको अवस्थामा गरेको हो । कम्पनीले मोबाइल कल र डाटाको दर बढाउँदा उसले २०१५–१६ मा आइडिया र भोडाफोन अलग अलग रहेको बेलाजतिको आम्दानी स्तर पुग्नेछ ।

कम्पनीले यस्तो भएमा कम्पनीको आम्दानी स्तर त्यस बेलाको स्तरमा पुग्न तीन वर्ष लाग्ने भएकाले एजीआरको जरिवाना र ब्याज भुक्तानमा तीन वर्षको छूटको माग गरेको जनाएको छ । भारत सरकारले टेलिकम कम्पनीहरुबाट आम्दानीको आधारमा लाईसेन्स शुल्क र स्पेक्ट्रम उपयोग शुल्क उठाउने गर्दछ । एजेन्सी

प्रकाशित: १७ फाल्गुन २०७६, शनिबार

Comments are closed.

Loading...