विश्वभरमा सबैभन्दा धेरै डाटा प्रयोग भारतीयहरुले गर्ने, एक महिनामा नै ११ जीबी डाटा खर्च

Technology Khabar १७ फाल्गुन २०७६, शनिबार

विश्वभरमा सबैभन्दा धेरै डाटा प्रयोग भारतीयहरुले गर्ने, एक महिनामा नै ११ जीबी डाटा खर्च
Global IME Bank

काठमाडौं ।

काठमाडौं । भारतीय यूजरहरुले अन्य मुलुकका यूजरहरुको तुलनामा धेरै इन्टरनेट प्रयोग गर्ने गरेका छन् । नोकियाको एक रिर्पोटकाअनुसार प्रत्येक महिना भारतीय यूजरहरुले इन्टरनेटमा ११ जीबी भन्दा धेरै डाटा खर्च गर्ने गरेका छन् ।

यसको पछाडिको कारण भारतमा डाटा प्लान सस्तो रहेकाले पनि हुन सक्दछ । कम्पनीले आफ्नो वार्षिक मोबाइल ब्रोडब्यान्ड इन्डिया ट्राफिक इन्डेक्स (एमबिआईटि) रिर्पोटमा २०१९ मा समग्र डाटा ट्राफिक र ४जी को प्रयोग भारतमा ४७ प्रतिशतसम्म बढेको देखाएको छ ।

हाल भारतमा यूजरहरुले खर्च गर्ने डाटा मध्येको ९६ प्रतिशत ४जी डाटा रहेको छ भने ३जी डाटा ट्राफिकमा पहिलेको तुलनामा ३० प्रतिशतले कमी आएको छ । नोकिया इन्डियाका सीएमओ अमित मारवाहले भारतमा औसत डाटा प्रयोग डिसेम्बरमा ११ जीबी भन्दा धेरै रहेको जसमा १६ प्रतिशत सम्म एनुअल ग्रोथ देखिएको बताएका छन । उनले यस्तो हुनुको कारण भारतमा ४जी नेटवर्कमा अपग्रेडेशन, सस्तो डाटा प्लान, अफोर्डेबल स्मार्टफोन र पहिलेको तुलनामा भिडियोहरुको धेरै लोकप्रियता रहेको उल्लेख गरेका छन्।

नोकिया इन्डियाका सीएमओले भारतमा डाटा खपत विश्वभरकै सबैभन्दा धेरै रहेको र भारतीय यूजरहरुले चीन, अमेरिका, फ्रान्स जस्ता मार्केटहरुलाई पनि पछाडि पारेको बताए ।

सामान्यतया एक जीबी डाटाले २०० वटा गितहरु स्ट्रिम गर्न सकिन्छ वा एक घण्टासम्म हाई डेफिनेशन भिडियो हेर्न सकिन्छ । डाटाको बढ्दो प्रयोग स्ट्रिम गरिएको कन्टेन्टको क्वालीटीमा पनि निर्भर गर्ने गर्दछ । यो स्ट्यान्डर्ड डेफिनेशन (एसडि), हाई डेफिनेशन (एचडि) र अल्ट्रा हाई डेफिनेशन (यूएचडि) हुन सक्दछ ।

खास कुरा ब्रोडब्यान्डको प्रयोग भारतमा ४७ प्रतिशत गर्ने गरिन्छ, जुन चीनको ९५ प्रतिशत र यूरोपका बाँकी देशहरुको ९५–११५ प्रतिशतको तुलनामा निकै कम हुन आउछ । भारतको डाटा मुल्य विश्वकै सबैभन्दा कम अर्थात भारु ७ प्रति १ जीबी डाटा रहेको छ । भारतमा करिब ५९.८ करोड ४जी डाटा यूजरहरु रहेका छन् भने ३जी यूजरहरु हाल ४.४ करोड रहेका छन । भारतमा भिडियो स्ट्रिमिंग ओभर–द–टप (ओटिटी) प्लेटफर्महरु को प्रयोग पनि निकै तिव्र गतिमा बढिरहेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०७६, शनिबार

तपाइको प्रतिक्रिया