टिकटकको लोकप्रियता तिब्र गतिमा बढ्दो, डाउनलोडमा फेसबुक पनि पछाडि पर्यो

Technology Khabar १७ फाल्गुन २०७६, शनिबार

टिकटकको लोकप्रियता तिब्र गतिमा बढ्दो, डाउनलोडमा फेसबुक पनि पछाडि पर्यो
Classic Tech

काठमाडौं । हालसम्म पपुलर एप्सको कुरा गर्दा फेसबुक पहिलो स्थानमा आउने गरेको थियो । तर अब समय बदलिएको छ, टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको छ ।

जनवरी २०२० मा टिकटक विश्वभर धेरैपटक डाउनलोड हुने एप बन्न पुगेको छ । यस एपले फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपलाई डाउनलोडको मामिलामा पछाडि पारेको हो । गएको वर्षको नोभेम्वरसम्ममा टिकटक १.५ अर्ब पटक डाउनलोड गरिएको थियो । यो संख्या एप स्टोर र प्ले स्टोर दुबैको हो ।

टिकटक धेरै डाउनलोड गर्नेमा भारतीय यूजरहरु रहेका छन् । यसबाट हाल छोटो भिडियो एप्स फर्महरुको लोकप्रियता निकै तिव्र गतिमा बढिरहेको बुझिन्छ, जसले यस्ता फर्महरु बिच भविष्यमा कडा टक्कर हुने देखिन्छ ।

एक रिर्पोटकाअनुसार टिकटक जनवरी २०२० मा अमेरिकामा सबैभन्दा धेरैपटक डाउनलोड भएको नन गेम एप भएको छ । यस रिर्पोटलाई एप एनालिस्ट कम्पनी सेन्सर टावरले स्टिमेटको आधारमा तयार गरेको हो ।

टिकटकलाई जनवरी २०२० मा ७७ लाख पटक डाउनलोड गरिएको छ । जुन गएको वर्षको तुलनामा २८.८ प्रतिशतले बढि हो । त्यस्तै दोस्रो नम्वरमा डिन्जी रहेको छ । जनवरी २०२० मा यो अमेरिकीहरुका बिचमा धेरै डाउनलोड भएको नन गेमिंग एप हो । यस एपलाई ६८ लाख पटक डाउनलोड गरिएको छ ।

यस लिस्टमा इन्स्टाग्राम, फेसबुक म्यासेन्जर र नेटफ्लिक्स क्रमश, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ । टिकटकको प्रयोग हाल विश्वको दोस्रो ठुलो जनसंख्या भएको देश भारतमा निकै तेज गतिमा बढिरहेको छ । भारत विश्वको एक यस्तो मुलुक हो जहाँको प्रसिद्धिले पुरा विश्व बजारको ठुलो हिस्सालाई समेट्दछ ।

प्रकाशित: १७ फाल्गुन २०७६, शनिबार

Comments are closed.

Loading...