तस्विरहरु संकलन गर्ने कम्पनी क्लियरभ्यूको डाटाबेस ह्याक, ह्याकरले चोरे सबै ३ अर्ब फोटोहरु

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

तस्विरहरु संकलन गर्ने कम्पनी क्लियरभ्यूको डाटाबेस ह्याक, ह्याकरले चोरे सबै ३ अर्ब फोटोहरु
प्रतिकात्मक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप क्लियरभ्यू एआईको डाटाबेसबाट ह्याकरहरु अर्बौ फोटो तथा जानकारीहरु चोरी गरेका छन् । कम्पनीले हालै आफ्नो डाटाबेसमा रहेका ३ अर्ब भन्दा बढि फोटोहरु ह्याकरहरुले ह्याक गरेको बताएको छ ।

ती फोटोहरुमध्ये अधिकांश फेसबुक, यूट्यूब, इन्टाग्राम र ट्विटरमा राखिएका फोटोहरु छन् ।

क्लियरभ्यूको डाटाबेसमा ह्याकरहरुले आक्रमण गरेका थिए भने उनीहरुले क्लाइन्ट लिस्ट हात पारेका थिए । तर सर्भरमा भने कुनै डाटा ब्रिच नभएको बताएको छ ।

यो संस्थाको अधिकांश क्लाइन्टहरु अमेरिकी कानून लागू गर्ने एजेन्सीहरु थिए जसले संकास्पद पहिचानको लागि फेसियल रिकोग्निसन सफ्टवेयर प्रयोग गर्ने गर्दथे ।

यसले इन्टरनेटबाट लिने तस्विरहरु प्रयोगको घट्नामा प्राइभेसीको विवाद आईरहेको थियो ।

कम्पनीले आफ्नो सेक्यूरिटी उच्च प्राथमिकतामा रहेको बताएको छ । ‘दूर्भाग्यवस २१ औं सताब्दीमा डाटा ब्रिचको घट्ना जीवनको हिस्सा हो, हाम्रा सभर्रहरुमा कहिलेपनि पहुँच पाएको छैन्, हामीले सो कमजोरीको लागि प्याच जारी गरेका छौं र सेक्यूरिटी ससक्त बनाउनका लागि निरन्तर काम गरिरहेका छौं,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

गत महिना न्यूयोर्क टाइम्सको रिपोर्टमा क्लियरभ्यूले प्रयोगकर्ताहरुले सामाजिक संजालमा डिलिट गरेको तस्विरहरुको समेत रेकर्ड राख्ने गरेको उल्लेख थियो । सो रिपोर्टपछि सोसल मिडियाहरु फेसबुक, ट्विटरसहित यूट्यूबले उनीहरुको प्लेटफर्मबाट फोटोहरु प्रयोग गर्ने काम रोक्न माग गरेका थिए ।

Sajilo Visa

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार