फेसबुकले स्थगित गर्यो आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स, कोरोनाभाइरसको त्रास

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

फेसबुकले स्थगित गर्यो आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स, कोरोनाभाइरसको त्रास
Classic Tech

काठमाडौं । फेसबुकले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स स्थगित गरेको जानकारी दिएको छ । कम्पनीले विश्वभर फैलिएको कोरोनाभाइरसका कारण आफ्नो कन्फ्रेनस स्थगित गरेको जानकारी दिएको हो ।

कोरोनाभाइरसका कारण विश्वभर डर उत्पन्न भएको छ भने यसले विश्व अर्थतन्त्रलाई समेत समस्यामा पारेको छ ।

फेसबुकको एफ ८ कन्फ्रेन्सले विश्वभरबाट गत वर्ष ५ हजार मानिसहरुलाई आकर्षित गरेको थियो भने सो कन्फ्रेन्सको मिती मे ५ र ६ तारिखमा अमेरिकाको सान जोसे क्यालिफोर्नियामा गर्नेगरि तय गरिएको थियो ।

फेसबुकका प्लेटफर्म पार्टनरसिपका डाइरेक्टर कोन्टान्टीनोस पापामिल्टिआडिसले एफ ८ इभेन्टको साटो विभिन्न किसिमका लोकल होस्टेड इभेन्टहरु, भिडियो तथा लाइभ स्ट्रिम गरिएका कन्टेन्टहरुको संयुक्त आयोजन गरिने जानकारी दिए ।

फेसबुकका प्रवक्ताकाअनुसार कम्पनीले हाल चीन, दक्षिण कोरिया र इटाली जहाँ कोरोनाभाइरका धेरै संक्रमण देखिएको देशहरुमा व्यवसायीक यात्रामा अस्थाई रोक लगाएको छ ।

यसअघि पनि फेसबुकले गेमिंग कन्फ्रेन्सबाट पछाडि सरेको थियो ।

अर्को टेक कम्पनी माइक्रोसफ्टले पनि कोरोनाभाइरसको त्रासका कारण आफ्नो सियाटलमा हुने डेभलपर कन्फ्रेन्सलाई भने अहिलेसम्म नरोक्ने योजनामा छ । कम्पनी गेमिंग कन्फ्रेन्समा भने सहभागी हुनबाट रोकेको थियो ।

त्यसैगरि गूगलले पनि आफ्नो गूगल आईओ मे १२ देखि १४ सम्म आयोजना गर्ने योजना अझै गरिरहेको छ । तर कम्पनीले निरन्तर अवस्थाको बारेमा ध्यान दिईरहने बताएको छ ।

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...