एप्पलले सन् २०२१ मा आफ्नो पहिलो भारतीय रिटेल स्टोर संचालन गर्ने

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

एप्पलले सन् २०२१ मा आफ्नो पहिलो भारतीय रिटेल स्टोर संचालन गर्ने
Classic Tech

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले सन् २०२१ मा आफ्नोपहिलो भारतीय रिटेल स्टोर खोल्ने भएको छ । एप्पल इंकका प्रमुख कार्यकारी टिम कुकले बुधबार आयोजित शेयरहोल्डरको बार्षिक भेलामा कम्पनीले आफ्नो पहिलो फिजिकल स्टोर भारतमा खोल्ने जानकारी दिएका हुन् ।

विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पले यो वर्ष आफ्नो आगामी वर्ष २०२१मा खोल्ने स्टोरको लागि तयारी गर्नेछ ।

कम्पनीले यो वर्षभने आफ्ना उत्पादनहरु अनलाइनमार्फत बेच्नेछ भने आगामी वर्षमात्र स्टोर संचालन गर्नेछ ।

‘हामीले त्यहाँ घरेलु पार्टनरबाहेक जानकालागि सरकारसँग अनुमति लिनुपर्नेछ, म चाहन्न की कसैले हाम्रोलागि ब्राण्ड संचालन गरोस्,’ कुकले भने । एजेन्सी

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...