ह्वावेले लन्च गर्यो आफ्नो दोस्रो फोल्डेवल फोन मेट एक्सएस, अन्तर्राष्ट्रिय बजारमा पनि बेच्ने

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

ह्वावेले लन्च गर्यो आफ्नो दोस्रो फोल्डेवल फोन मेट एक्सएस, अन्तर्राष्ट्रिय बजारमा पनि बेच्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्नो पहिलो फोल्डेवल स्मार्टफोन मेट एक्सको अपग्रेड भेरियन्ट मेट एक्सएस लाई लन्च गरेको छ । यस स्मार्टफोनलाई इन्टरनेशन मार्केटमा समेत बेचिने छ ।

फोनमा कम्पनीले तयारी गरेको किरीन ९९० प्रोसेसर चिपसेट रहेको छ । यस फोनमा क्वाड रियर क्यामरा र एन्ड्रोएड बेस्ट ईएमयूआई १० अपरेटिंग सिस्टम पनि रहेको छ । हुवावेले आफ्नो पहिलो फोल्डेबल फोनलाई हालसम्म चिनियाँ मार्केटमा मात्रै बिक्री गरिँदै आएको छ ।

कम्पनीले यस फोनको मुल्य २,४९९ यूरो तय गरेको छ । हाल यस स्मार्टफोनलाई सिंगल भेरियन्टमा मात्रै लन्च गरिएको छ । यस फोनको बिक्री मार्चबाट सुरु हुने छ । कम्पनीले यसलाई चीन बाहिरको बजारहरुमा पनि लन्च गर्ने छ ।

यो नयाँ फोल्डेबल फोन कम्पनीको पहिलेको फोल्डेबल फोन मेट एक्स जस्तै छ । फोनलाई अनफोल्ड गर्दा यसको स्क्रिन ८ इन्चको हुनेछ । कम्पनीका अनुसार अघिल्लो फोनको तुलनामा यसको स्क्रिनमा सुधार गर्दै यसमा चार लेयर लगाइएको छ । स्क्रिन अनफोल्ड हुने ठाउँमा अपडेटेड फाल्कन विंग ज्वाइन्ट प्रयोग गरिएको छ । फोनमा ५जी सर्पोट रहेको छ । फोनमा फुल एन्ड्रोएड अपरेटिंग सिस्टमसँगै कम्पनीको ईएमयूआई १० ओएस पनि रहेको छ ।

फोनमा ८.० इन्चको डिस्प्ले रहेको छ जसको रेज्योलुशन २२००×२४८० पिक्सेल रहेको छ । फोनमा ८जीबी र्यामसहित ५१२जीबी स्टोरेज रहेको छ भने ब्याट्री ४,५०० एमएएचको रहेको छ ।

कम्पनीले फोटोग्राफिको लागी फोनमा क्वाड क्यामरा सेटअपको प्रयोग गरेको छ । जसको प्राईमरी लेन्स ४० मेगापिक्सलको, दोस्रो १६ मेगापिक्सलको, तेस्रो ८ मेगापिक्सलको र चौथो टिओएफ क्यामरा रहेको छ । कम्पनीकाअनुसार फोनलाई ३० मिनेटको समयमा ८५ प्रतिशत चार्ज गर्न सकिन्छ ।

इन्टरनेशन मार्केटमा ह्वावेले सामसङको फोल्डेवल फोन ग्यालेक्सी जेड फ्लिप र मोटोरोलाको फोल्डेवल फोन रेजर फोल्डसँग टक्कर गर्नुपर्ने देखिन्छ । एजेन्सी

easy care

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार